ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाह्र सय मेगावाट विद्युत निर्यात गर्ने तयारीमा प्राधिकरण


एबीसी न्यूज

काठमाडौं १८ जेठ । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्नका लागि त्यहाँका केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको छ ।

आगामी बर्खायाममा स्वदेशभित्र खपत गरी बचत हुने आकलन गरिएको सो परिमाणको विद्युत् बिक्रीका लागि हरियाणा राज्य सरकारलगायत विभिन्न खरिदकर्ता निकायसँग सम्झौता गरी अन्तिम स्वीकृतिका लागि केन्द्रीय विद्युत् मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव पठाइएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

आन्तरिक खपत विस्तारका बाबजुद पनि यो वर्ष उच्चतम करिब एक हजार दुई सय मेगावाटसम्म अधिक हुने देखिएको छ । बर्खामा नदीमा पानीको बहाव बढ्दै जाँदा आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने जडित क्षमता पनि तीन हजार १४१ मेगावाट पुगिसकेको छ ।

“पूर्ण क्षमतामा आयोजना सञ्चालन हुँदा विद्युत् उत्पादन पनि वृद्धि भइरहेको छ,” उहाँले भन्नुभयो, “यो वर्षायाममा एक हजार दुई सय मेगावाटसम्म विद्युत् भारत निर्यात गर्न प्रस्ताव पठाएका छौँ ।” पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले पिक डिमान्ड दुई हजार मेगावाट रेकर्ड गरिरहेको छ । यसले गर्दा आन्तरिक खपत पनि बढ्दो छ । “हामीले यो वर्ष एक हजार दुई सय मेगावाटसम्म विद्युत् भारत निर्यात गर्ने योजना अनुसार प्रस्ताव पठाएका छौँ ।”

प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड तथा रियलटाइम मार्केट र द्विपक्षीय सम्झौताबमोजिम यस विद्युत् वर्ष निर्यातको योजना बनाएको छ । द्विपक्षीय सम्झौताबमोजिम विहार राज्यलाई करिब दुई सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब चार सय हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत् व्यापार निगम लिएनभिभिएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले जानकारी दिनुभयो ।

उता आइइएक्सको रियलटाइम र डे अहेड मार्केटका लागि त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ६५६ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति दिइएको छ ।

६५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौताबमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभिभिएनलाई बिक्री गर्न स्वीकृति पनि दिइएको छ । एनभिभिएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । भारततर्फ विद्युत् निर्यात सुरु गरेको जनाइएको छ । प्राधिकरणले जेठ १४ गते रातिदेखि यो वर्षको विद्युत् निर्यात सुरु गरेको हो ।

वर्षासँगै खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यही फागुन १४ गतेदेखि दैनिक करिब चार सय मेगावाट विद्युत् निर्यात सुरु गरिसकेको छ । यो जेठ र आगामी असारभरको निर्यात थप हुँदा चालु आर्थिक वर्षमै नेपाल विद्युत्को खुद निर्यातक बन्ने आकलन गर्नुभयो । दुईरतीन वर्षअघिबाट विद्युत्को निर्यात सुरु गरेकामा यस वर्षदेखि नेपालले आयातभन्दा बढी विद्युत् निर्यात गर्ने अवस्था देखिएको छ ।

गत वर्ष साउनदेखि मध्य जेठसम्मको आँकडा अनुसार देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपियाँ बराबरको एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् भारतबाट आयात भएको प्राधिकरणको तथ्याङ्क छ । साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपियाँको विद्युत् निर्यात गर्न सक्दा हालसम्म एक अर्ब ७४ करोड रुपियाँको मात्र बढी आयात भएको देखिन्छ । यस अवधिमा एक अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो ।

यो वर्षको विद्युत् व्यापारमा प्रतियुनिट विद्युत् खरिदबिक्री दरमा भने नेपालको बिजुलीले मूल्य उच्च पाएको देखिएको छ । नेपालले निर्यात गरेको बिजुलीको औसत प्रतियुनिट मूल्य नौ रुपियाँ दुई पैसा प्राप्त भएको छ भने भारतबाट खरिद गरिएको विद्युत्को मूल्य प्रतियुनिट आठ रुपियाँ ३८ पैसा परेको प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com