काठमाडौं १६ जेठ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका जाने भिसा दिन माग गर्दै बुधबार उनका समर्थकले काठमाडौँमा प्रदर्शन गरेका छन्।
विश्वकप खेल्न जान अमेरिकी दूतावासले लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि बुधबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो।
बलात्कार मुद्दामा उच्च अदातलते सफाइ दिएपछि नेपाल क्रिकेट संघ ९क्यान० ले सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउन पहल गरेको थियो।
तर अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको छ। तर उसले यसको कारण गोप्य राखेको छ।
प्रतिक्रिया दिनुहोस्