ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री पुनले ल्याए हालसम्मकै ठूलो बजेट, २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन


एबीसी न्यूज
जेष्ठ १५, २०८१ मंगलबार  ४ : ५९ बजे

काठमाडौं १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गरेका छन्।  हालसम्मकै ठूलो आकारको बजेट ल्याउने क्रममा मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गरेका हुन्।

संघीय प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा मंगलबार उक्त बजेट प्रस्तुत गर्दै उनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१।३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८।९४ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए।

 

त्यसैगरी उनले वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९।७४ प्रतिशत बजेट छुट्याएका छन्।

यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा ६।२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१।५६ प्रतिशतले बढी रहेको अर्थमन्त्री पुनले बताए।

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब २७ करोड विनियोजन रहेको उनको भनाइ छ।

आगामी आवका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने उनले बताए। त्यसको परिपूर्ति वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाइने अर्थमन्त्रीले बताएका छन्।

राजस्व परिचालन र वैदेशिक सहायता परिचालनबाट नपुग्ने कुल ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री पुनले बताएका छन्।

चालू आर्थिक वर्ष २०८०र८१ मा तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका थिए। जसमा चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड ९६५।२० प्रतिशत०, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड ९१७।२५ प्रतिशत० र वित्तीय

व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड ९१७।५५ प्रतिशत० विनियोजन गरिएको थियो। मन्त्री महतले बजेटमा १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गने लक्ष्य राखेका थिए।

तर मध्यावधि समीक्षा गर्दै महतले गत माघमा १५ खर्ब ३० अर्ब रुपैयाँमात्र अर्थात् सुरु विनियोजनको ८७।३८ प्रतिशत खर्च हुने संशोधित अनुमान गरेका थिए। यसअनुसार चालूतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ ९विनियोजनको ८८।२४ प्रतिशत०, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब ९८४।१३ प्रतिशत० र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब ९८७।३९ प्रतिशत० खर्च हुने अनुमान छ।

चालू वर्षको अन्त्यसम्म नेपाल सरकारको स्रोतबाट ९राजस्व र आन्तरिक ऋण० १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख, वैदेशिक अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख र वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com