ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोर्डिङ स्कुलको बसमा आगो लगाउने सामुदायिक विद्यालयका अध्यक्ष पक्राउ


एबीसी न्यूज

चितवन, १४ जेठ । भरतपुर– १५ दिनअघि चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाउने ब्यक्ति स्थानीय एक सामुदायिक विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष भएको खुलासा भएको छ।

३० वैशाखको बिहान विद्यार्थी लिन जाँदै गरेको बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसलाई भरतपुर–२० दद्रहनी पुलमा रोकी आगजनी गरेको आरोपमा भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका अध्यक्ष विश्वनाथ थारु (महेश) लाई प्रहरीले पक्राउ गरेको छ।

थारु विगतमा नेत्रविक्रम चन्द (विप्लव)  समूहमा थिए। तर, उनी अहिले त्यहाँबाट विद्रोह गरेर निस्किएका छन्। उनै थारुको नेतृत्वमा ३ वटा मोटरसाइकलमा पुगेको ६ जनाको समुहले पेट्रोल बम प्रहार गरेर बसमा आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीमा स्कुल बस पूर्णरुपमा जलेको थियो।

थारु ११ जेठमा विद्यालयबाटै पक्राउ परेका हुन। घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थारु अन्य अपराधिक कृयाकलापमा पनि संलग्न भएको खुलेको छ।

२८ माघ ०८० मा भरतपुर–२६ ज्योतिनगरस्थित सूर्योदय वोमी लघुवित्त संस्थाको कार्यालयमा पनि थारुको समुहले आगजनी गरेको थियो। उनीहरुले कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाम्क्याएको र पछि आगजनी गरी भागेको प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com