ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुर मिडियाका ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा मिडिया सोसाइटीको बिरोध


ABC News

काठमाडौं ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा नेपाल मिडिया सोसाइटीले  बिरोध जनाएको छ ।

नेपाल मिडिया सोसाइटीले कान्तिपुरले प्रमुखताका साथ समाचार बनाएको झोंकमा गृहमन्त्री लामिछानेले प्रतिशोध साधेको भन्दै भर्त्सना गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, व्यक्तिगत रिसइबी र इगो साध्ने हतियारका रूपमा आफ्नो मातहतको निकायलाई दुरुपयोग गरी कथित नागरिकताको कमीकमजोरीको प्रचारबाजी र जाहेरी दर्ता गर्न लागएर पक्राउ पुर्जी जारी गरेको घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछु ।

नागरिकता जस्तो कुनै पनि नागरिकको संवेदनशील विषयलाई विवादको विषय बनाएर कुनै एउटा समुदायलाई नै गैरनागरिकका रूपमा बद्नाम गर्ने अभियानको एक उपक्रम हो भएको सोसाइटीको ठहर छ । जब कि गृहमन्त्री आफैं दोहोरो नागरिकताको दुरुपयोग गरेका दोषी व्यक्ति हुन् । नेपालको राजनीतिक तथा लोकतान्त्रिक र स्वतन्त्र प्रेसका रूपमा क्रियाशील नेपालकै मानक मिडिया हाउसका प्रमुखमाथिको यस प्रकारको निन्दनीय घटनाको जति नै भर्त्सना गरे पनि कमी हुन्छ, अध्यक्ष कँडेलले भनेका छन्, तसर्थ सम्पूर्ण नागरिक, विभिन्न अधिकारवादी संघसंस्था तथा जिम्मेवार राजनीतिक दलहरूलाई सकारको यसप्रकारको गैरलोकतान्त्रिक र राज्यका निकायको दुरुपयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृत्तिका विरुद्ध उभिनका लागि आह्वान गर्दछौं ।

प्रेस विज्ञप्तीको पूर्ण पाठ

देशको अस्थिर राजनीति र कानुनी छिद्रको दुरुपयोग गरेर देशभरका विभिन्न सहकारीबाट लाखौं सर्वसाधारण जनताको रगत र पसिनाको  अर्बौ रुपैयाँ अपचलन भएका घटना लगातार सार्वजनिक हुँदै आएका छन् । त्यस्ता ठगहरुमध्ये कतिपयमाथि अभियोजन दर्ता र कारबाही प्रक्रिया पनि शुरु भएको छ । त्यसै सन्दर्भमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने तत्कालीन समयमा प्रवन्ध निर्देशक भएको गोर्खा मिडिया नेटवर्कका नाममा समेत झण्डै १ अर्ब बढीको रकम विभिन्न सहकारीबाट ऋणको रुपमा ल्याएर आर्थिक दुरुपयोग गरिएको घटना गत डेढ बर्षदेखि सार्वजनिक हुँदै आएको छ । लामिछाने प्रवन्ध निर्देशक भएको संस्थाका अध्यक्ष गितेन्द्र बाबु राई सहकारी ठगी प्रकरणमै फरारमा रहेको सरकारले बताउँदै आएको छ । यही सन्दर्भमा गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी फोरके नामक टिभी सञ्चालन गर्दा गैरकानुनी रुपमा सहकारीबाट ऋण लिएको घटनाका बारे कान्तिपुर दैनिक लगायत देशका प्राय सबै सञ्चारमाध्यमबाट प्रकाशित हुँदै आएको छ । गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणका बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने प्रमुख माग सहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले संसदमा लगातार माग, विरोध र वेल घेराउ समेत गर्दै आएका छन् ।

यिनै विषयलाई कान्तिपुरले प्रमुखताका साथ समाचार बनाएको झोंकमा गृहमन्त्री लामिछानेले पटक पटक सार्वजनिक रुपमा देखाइदिने चेतावनी दिंदै अएका थिए । त्यी व्यक्तिगत रिसइबी र इगो साँध्ने हतियारका रुपमा आफ्नो मातहतको निकायलाई दुरुपयोग गरी कथित नागरिकताको कमीकमोजरीको प्रचारवाजी र जाहेरी दर्ता गर्न लागएर पक्राउ पुर्जी जारी गरेको घटनाको हामी घोर निन्दा र भत्र्सना गर्दछौं ।

नागरिकता जस्तो कुनै पनि नागरिकको संवेदनशील विषयलाई विवादको विषय बनाएर कुनै एउटा समुदायलाई नै गैरनागरिकको रुपमा बद्नाम गर्ने अभियानको एक उपक्रम हो भन्ने हाम्रो ठहर छ ।

जब कि गृहमन्त्री आफै दोहोरो नागरिकताको  दुरपयोग गरेका दोषी ब्यक्ति हुन् ।

नेपालको राजनीतिक तथा लोकतान्त्रिक र स्वतन्त्र प्रेसको रुपमा क्रियाशीले नेपालकै मानक मिडिया हाउसका प्रमुखमाथिको यस प्रकारको निन्दनीय घटनाको जति नै भत्र्सना गरे पनि कमी हुन्छ । तसर्थ सम्पूर्ण नागरिक, विभिन्न अधिकारवादी संघसंस्था तथा जिम्मेवार राजनीतिक दलहरुलाई सकारको यसप्रकारको गैरलोकतान्त्रिक र राज्यका निकायको दुरुपयोग गरेर आफ्नो स्वार्थ सिद्धि गर्ने प्रवृत्तिका विरुद्ध उभिनका लागि आह्रवान गर्दछौं ।

शुभशंकर कँडेल

अध्यक्ष

 

No description available.

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com