ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा, चुनाव प्रचार गर्न पाउने


एबीसी न्यूज
बैशाख २८, २०८१ शुक्रबार  ३ : २१ बजे

काठमाडौं २८ बैशाख । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।

मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी ९आप०का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द छन् । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतमा जारी लोक सभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए । सात चरणमा भइरहेको लोक सभाको चुनाव आगामी जुन एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । जेलमुक्त भए पनि उनलाई कार्यालयमा गएर काम गर्न भने अनुमति दिइएको छैन ।

भारतमा लोक सभाको सात चरणको चुनावमध्ये तीन चरणको चुनाव सकिइसकेको छ । नयाँदिल्लीमा यही मे २५ तारिखमा चुनाव छ ।

न्यायाधिश सन्जीव खन्नाले पाँच वर्षमा एकपटक हुने चुनावमा भोट हाल्न पाउनु र चुनाव प्रचार गर्न पाउनु मौलिक अधिकार भएको भन्दै केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

सम्बन्धित

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com