ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समस्या समाधान गर्न गुठी विधेयक आवश्यक : मन्त्री अधिकारी


एबीसी न्यूज

काठमाडौं २६ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले गुठीपीडित किसानको समस्या समाधानका लागि जेठ महिनाभित्र गुठी विधेयक संसदमा पेस गर्नेगरी काम अघि बढाएको बताउनुभएको छ ।

दाङको घोराहीमा भएको गुठीपीडित किसानको राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्वोधन गर्दै मन्त्री अधिकारीले बर्षौदेखि गुठी किसानले झेल्दै आएको समस्यालाई समाधान गर्नेगरी वर्तमान सरकार अघि बढेको बताउनुभयो ।

गुठीपीडित किसानको मागलाई सम्बोधन गर्नेगरी सरकारले काम अगाडि बढाएको भए पनि केही प्रक्रियागत कानुनी जटिलता भएका कारण काममा ढिलाइ भए पनि गुठी विधेयक मस्यौदा समितिले कामलाई अघि बढाएको बताउनुभएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘देशभर देखिएको गुठी सम्वन्धी विवाद सम्वोधनका लागि सरकारले नयाँ एकीकृत विधेयक बनाउने तयारीमा जुटेको छ । सो समितिले एक महिनाभित्र मस्यौदा तयार गरेपछि सबैसँग छलफल गरी सरकार अघि बढ्ने तयारीमा छ ।’

गुठी समस्या समाधानसँगै भूमिहिन, सुकुम्वासरी र अव्यवस्थित बसोवासी नागरिकको समेत समस्या समाधान गर्नेगरी नयाँ एकिकृत गुठी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताउनुभयो ।

सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘गुठीसम्वन्धी पुरानो कानुनी व्यवस्थाका कारण अहिले देखिएका समस्या समाधान गर्न सक्ने अवस्था छैन । गुठीसम्वन्धी समस्या समाधानका लागि नयाँ ऐन अथवा विधेयक आवश्यक पर्ने भएकाले बर्तमान सरकार नयाँ गुठी विद्येयक ल्याएर समस्या समाधान गर्नेगरी अघि बढेको छ ।’

नयाँ विधेयक बनाउन समितिले काम थालेको १० देखि १२ दिन भइसकेको भन्दै एक महिनाभित्र मस्यौदा तयार गरेपछि सो मस्यौदालाई सरोकारवालासँग छलफल गरी विधेयकका रुपमा संसदमा टेवल गर्ने समेत मन्त्री अधिकारीले बताउनुभयो ।

काठमाडौभित्र र बाहिरका गुठीमा फरक–फरक समस्या भएकाले सवैलाई समेट्नेगरी अव सरकारले एकीकृत गुठी विधेयक ल्याउने तयारीमा रहेको भन्दै यसले विद्यमान गुठीसम्वन्धी सबै समस्या समाधान गर्ने बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘तपाई किसानहरु जसरी जग्गामा भएको दोहोरो स्वामित्व अन्त्यको माग गर्दै आन्दोलनमा उत्रिनुभएको छ । हो, सरकार पनि त्यसैगरी गुठीसम्वन्धी समस्या समाधानका लागि अघि बढेको छ । कानुनी जटिलताका कारण सोचेजस्तो काम गर्न सकिएको छैन उहाँले भन्नुभयो ।

गुठीपिडित किसानले सम्मेलनबाट पारित ९ बुँदे घोषणापत्र मन्त्री अधिकारीलाई बुझाउँदै किसानले आफ्नो मागमा गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com