काठमाडौं । सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले बाराको फेटा गाउँपालिका–१ चिलझटही गाउँका अग्नीपीडितका लागि राहत सामग्री पठाएका छन् ।
आफू अस्वस्थ रहेकाले उपस्थित हुन नसकेको भन्दै सांसद श्रेष्ठले राहत सामग्री पठाएको बताएका छन् । उनले भनेका छन्, ‘मेरै निर्वाचन क्षेत्रमा यति ठूलो घटना हुँदा पनि प्रतिकुल स्वास्थ्यस्थितिका कारण जनताको दुःखमा उपस्थित हुन नसक्दा झनै दुखित बनेको छु । यसका लागि क्षमाप्रार्थी छु । यद्यपि, जनताका पीडा मेरा पनि पीडा हुन् । त्यसैले तत्कालका लागि चार घरपरिवारलाई केही खाद्यान्न र अत्यावश्यक राहत सामग्री पठाएको छु ।’
सो गाउँमा गत बिहीबार आगलागीबाट चार घर जलेको थियो । घर निर्माणका लागि समेत पहल गर्ने प्रतिवद्धता उनको छ ।
सांसद श्रेष्ठले फेसबुकमा लेखेका छन्–
बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर–१ चिलझपटी गाउँमा गत बिहिबार आगलागीबाट चार घर जलेर नष्ट भएको घटनाले मर्माहत भएको छु । मेरै निर्वाचन क्षेत्रमा यति ठूलो घटना हुँदा पनि प्रतिकुल स्वास्थ्यस्थितिका कारण जनताको दुःखमा उपस्थित हुन नसक्दा झनै दुखित बनेको छु । यसका लागि क्षमाप्रार्थी छु । यद्यपि, जनताका पीडा मेरा पनि पीडा हुन् । त्यसैले तत्कालका लागि चार घरपरिवारलाई केही खाद्यान्न र अत्यावश्यक राहत सामग्री पठाएको छु । साथै, पीडितहरुलाई आवास निर्माणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । मेरो स्वास्थ्यलाभ हुने बित्तिकै जनताको पीडामा थप मल्हमपट्टी लगाउन उपस्थित हुने बाचासमेत गर्दछु ।
मा. कृष्ण कुमार श्रेष्ठ (किसान)
प्रतिनिधि सभा सदस्य, बारा–४
प्रतिक्रिया दिनुहोस्