ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव


एबीसी न्यूज

काठमाडौं १९ बैशाख । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गर्नुभएको छ ।

विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले श्रमिकका लागि सुरक्षित, निष्पक्ष र वृत्ति(विकासका लागि अनुकूल कार्यस्थलसहितको वातावरण निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

“हामीले यस्तो विश्वको परिकल्पना गरौँ, जहाँ प्रत्येक श्रमिकलाई सम्मानपूर्वक व्यवहार गरियोस्, उचित पारिश्रमिक, सभ्य कामको अवस्था र सामाजिक सुरक्षाको अधिकार प्रदान गर्ने वातावरण होस्”, उपराष्ट्रपति यादवले भन्नुभयो । उहाँले कार्यस्थलमा हुने शोषण, भेदभाव र असमानता उन्मूलनका लागि सबैले प्रयास गर्नुपर्ने बताउनुभयो ।

श्रमिक दिवस श्रमिकको त्याग र समर्पणलाई सम्झिने र उनीहरूलाई सम्मान गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले यादवले भन्नुभयो, “श्रमिकहरू समाजका आधार स्तम्भ हुन्, जसले हाम्रा आवश्यकतालाई पूरा गर्न अथक परिश्रम गर्दछन् । उनीहरूको योगदान हाम्रो अर्थव्यवस्थामा अमूल्य छ ।”

उहाँले विश्वभरका मजदुरले सामना गरेका सङ्घर्ष र चुनौतीलाई स्वीकार गर्ने र उनीहरूको हित, अधिकारप्रति हाम्रो प्रतिबद्धतालाई पुनः दोहोर्‍याउने अवसरका रूपमा विश्व श्रमिक दिवस रहेको स्मरण गर्नुभयो । श्रमिकको अधिकारको रक्षा र उनीहरूलाई प्रोत्साहन गर्न जरुरी रहेको औँल्याउँदै उहाँले श्रमिकका लागि सुरक्षित र स्वस्थ कार्यस्थल उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

“श्रमिक दिवसलाई एकता, करुणा र दृढ सङ्कल्पको नवीकरण गर्ने अवसरका रूपमा लिन सक्नुपर्छ, श्रमिकको विगतका सङ्घर्ष र बलिदानको सम्मान गर्दै सामाजिक(आर्थिक न्यायका लागि आफूलाई समर्पित गर्नसके मात्र श्रमिक दिवसको सार्थकता र महत्वको पुष्टि हुन्छ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

उहाँले समाज, देश र अर्थतन्त्रमा अतुलनीय योगदान पुर्‍याउने सबै परिश्रमी श्रमिकको योगदानको सम्मान गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com