काठमाडौ १४ बैशाख । काठमाडौंको कपनस्थित एकता वस्तीमा कला बुटिक संचालनमा आएको छ । तीन जना फेसन डिजाइनरले कला बुटिक सेन्टर सञ्चालनमा ल्याएका हुन् । बुटिकको मिस नेपाल वल्ड प्रियंका रानी जोशीले रिवन काटेर शुभारम्भ गरिन् । त्यसक्रममा उनले फेसनप्रति नेपालीको बढ्दो रुचीलाई ध्यानमा राख्दै सबै उमेर समुहका मानिसका लागि रोजाई अनुसारका आकर्षक पोशाक एउटै थलोमा उपलब्ध हुनु सुखद भएको वताइन् ।
देबी तामाङ, वैशाली राणा र स्मिता राईले संयुक्तरूपमा बुटिक सञ्चालनमा ल्याएका हुन् । उनीहरु तीनै जनाले फेसन डिजाइनिङमा डिप्लोमा र एड्भान्स कोर्ष गरेका छन् । बुटिक सेन्टरमा महिला, पुरुष र बालबालिकाका लागि उत्कृष्ट डिजाइनका आकर्षक पोशाक उपलब्ध छन् ।
बुटिकमा विवाहमा दुलहा, दुलहीले पहिरिनेदेखि हरेक उमेर समुहका लागि मौसम अनुसारका पोशाक उपलब्ध रहेको सञ्चालक देवी तामाङले जानकारी दिनुभयो । तामाङले भन्नु भयो, अन्य बुटिकमा सिमित पोशाक मात्र उपलब्ध छन् तर कला बुटिकमा सबै उमेर समुहका लागि निकै मेहनतसाथ तयार गरिएका पोशाक उपलब्ध छन्, यो नै हाम्रो विशेषता हो ।
प्रतिक्रिया दिनुहोस्