ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा निर्वाचनको तयारी पूरा


ABC NEWS
असार १३, २०७४ मंगलबार  १२ : ५६ बजे

 

बुटवल, १३ असार । रुपन्देहीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा खटाएका कर्मचारी, सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पुगेर काम थालिसकेका छन् । जिल्लामा बुटवल उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् ।

कुल ८४५ पदका लागि करिब चार हजार ४०० उम्मेदवार चुनावी मैदानमा उत्रिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमानाथ गौतमले जानकारी दिनुभयो । जिल्लामा ६ प्रमुख र ६ उपप्रमुख, १० अध्यक्ष र १० उपाध्यक्ष, १५५ वडाध्यक्ष, १५५ महिला सदस्य, १५५ दलित महिला सदस्य, ३१० वडा सदस्य र ३८ दलित वा अल्प सङ्ख्यक समुदायबाट स्थानीय तहका पदाधिकारी निर्वाचित हुने छन् ।

जिल्लामा निर्वाचनका लागि चार हजार ४४३ कर्मचारी खटिएका छन् । जिल्लामा दुई लाख २२ हजार १ ११ महिला, दुई लाख ४० हजार ४३० पुरुष र पाँचजना तेस्रो लिङ्गीसहित चार लाख ६२ हजार ५८६ मतदाता रहेका छन् ।

बुधबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । जिल्लामा करिब ६ हजार सुरक्षाकर्मी परिचान गरिएको छ । विभिन्न १२ स्थानमा नेपाली सेनाको बम निष्क्रिय पार्ने टोली तयारी अवस्थामा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com