ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतीय प्रणालीबाट मात्रै बोलपत्र गर्ने व्यवस्था बदर


एबीसी न्यूज

काठमाडौं १२ बैशाख । अदालतले सार्वजनिक निकाय तथा सरकारी कोषबाट हुने बोलपत्र, पूर्वयोग्यता, निर्माण तथा परामर्श सेवासम्बन्धी सेवा खरिद प्रक्रिया विद्युतीय प्रणालीबाट मात्र गर्ने व्यवस्था बदर गरेको छ । विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका–२०८० को दफा ४५ मूल ऐनसँग बाझिएको भन्दै पूर्ण बदर गरिदिएको छ । साथै दफा ५ को विद्युतीय प्रणालीबाट मात्र खरिद हुनुपर्ने निश्चित शब्दावली अदालतले बदर गरेको छ ।

न्यायाधीशद्वय सुषमालता माथेमा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उक्त व्यवस्था प्रचलित कानुनभन्दा सङ्कुचित बनाउन भएको ठहर गरेको छ । निर्देशिकाको व्यवस्था संवैधानिक प्रावधान, सूचनाको हकसम्बन्धी कानुन र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूल हुने भन्दै अदालतले उक्त व्यवस्था बदर गरेको हो ।

अदालतले निर्देशिकाको दफा ४५ मा रहेको अन्य माध्यमबाट सूचना प्रकाशन गर्नु नपर्ने व्यवस्था अदालतले बदर गरेको छ । यस्तै अनिवार्य रूपमा विद्युतीय माध्यमबाट मात्र सूचना प्रकाशनको व्यवस्था पनि मूल ऐनसँग बाझिएको ठहर गरेको छ । अदालतले २०८० पुस २० गतेदेखि लागु हुने गरी ती व्यवस्था बदर गरेको हो । पुस २० गतेको फैसलाको पूर्णपाठ भने अदालतले हालै मात्र सार्वजनिक गरेको छ ।

सर्वोच्चको पूर्णपाठमा भनिएको छ, “मिति २०८० साल पौष महिना २० गते शुक्रबारका दिनदेखि प्रभावी हुने गरी विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८० को दफा ५ को ‘मात्र’ भन्ने शब्द र दफा ४५ उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ।’’ यस्तै अदालतले सरकारी निकायबाट हुने विज्ञापनबापतको खर्च हुने रकमको ३ प्रतिशत विज्ञापन बोर्डमा जम्मा गर्ने व्यवस्था कानुनसम्मतै रहेको ठहर गरेको छ । निवेदकले उक्त व्यवस्था बदरको माग गरे पनि अदालतले निर्देशिकाको उक्त व्यवस्था विज्ञापन एजेन्सीको भुक्तानी प्रक्रियामा कुनै असर नपरेको बरु व्यवसायलाई थप पारदर्शी बनाउन सहयोग पु¥याउने अदालतको ठहर छ । पूर्णपाठमा भनिएको छ, “विज्ञापन एजेन्सीको सेवा शुल्क खुल्ने बिलका आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था संशोधित नियमावलीको नियम ६

९क० २ मा गरिएको देखिन्छ । उक्त व्यवस्थाबाट विज्ञापन एजेन्सीको सेवा शुल्क पारदर्शी हुने र सरकारी खर्चमा व्यापक कटौती हुने तथा विज्ञापन प्रकाशन तथा प्रसारणकै क्रममा भएको चुहावट रोकिने र विज्ञापन बजार पारदर्शी हुने देखिन्छ ।”

सरकारी कार्यालय र निकायबाट हुने विज्ञापनको एजेन्सी सेवा शुल्क १५ प्रतिशतभन्दा बढी नहुने सुनिश्चितता, भुक्तानी गर्दा सञ्चारमाध्यमको बिलको प्रतिलिपि अनिवार्य गर्ने गरी उक्त निर्देशिकामा व्यवस्था गरिएको थियो । अदालतले निर्देशिकाको उक्त व्यवस्था बदर गर्न अस्वीकार गरेको छ ।

उक्त व्यवस्थाले एजेन्सीको सेवा शुल्क पारदर्शी बनाउने, सरकारी खर्चमा कटौती हुने, विज्ञापन प्रकाशन प्रसारणमा भइरहेको चुहावट रोकिने र विज्ञापन बजार पारदर्शी हुने भएकाले निर्देशिका बदर गर्नु नपर्ने ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com