ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तारमा ढिलाइ


एबीसी न्यूज

काठमाडौं ७ बैशाख । कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । गत चैत २७ गते मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भए पनि हालसम्म अन्य मन्त्रालयहरू भने मन्त्रीविहीन भएका छन् ।

कँडेल मुख्यमन्त्री भएको शनिबार १२ दिन पुगेको छ । तर, सरकार विस्तारमा अझैँ अलमल भएको छ । यो अलमलले अझै कति दिन मन्त्रालय मन्त्रीविहीन रहन्छन् भन्नेमा सत्तारुढ गठबन्धनका नेताहरू नै जवाफ दिन नसक्ने अवस्थामा रहेको बताएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुमा मन्त्रालय भागबण्डा नमिल्नु प्रमुख कारण रहेको नेताहरूको भनाइ छ । प्रदेशस्तरमै सहमति जुटाउन कठिन भएपछि मुख्यमन्त्री कँडेल काठमाडौँ पुगेर मंगलबार प्रदेश फर्किसक्नु भएको छ । तर, पनि मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने अन्योल रहेको छ ।

सत्तारुढ दल माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा पनि काठमाडौँमै रहनु भएको बताइएको छ । काठमाडौँ भएका बेला सिंहदरबारमा दुई नेताबिचको कुराकानीमा मुख्यमन्त्री कँडेलले बिना विभागीय मन्त्री भए पनि नाम दिन आग्रह गर्नुभएको थियो ।

कर्णाली प्रदेशमा माओवादीले ‘अर्थ, सामाजिक, उद्योग र जलस्रोत तथा ऊर्जा मन्त्रालय माग गरेको छ । तर मुख्यमन्त्री कँडेलले सामाजिक विकास मन्त्रालय आफैसँग राख्न चाहनुभएको छ । कँडेलले उक्त मन्त्रालय आफैसँग राख्ने र माओवादीले चार मन्त्रालय मागे पनि तीनभन्दा बढी दिन नसकिने बताउँदै आउनुभएको छ ।

२०७९ मा माओवादीले हामीलाई तीन दिएर चार मन्त्रालय आफैसँग राखेको थियो, त्यसमा हामीले त कमेन्ट गरेको थिएनौँ’ एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले भन्नुभयो । अहिले मुख्यमन्त्रीलाई काम गर्न सजिलो होस् भनेर सामाजिक मन्त्रालय आफैसँग राख्न खोज्नु भएको हो । साथै कामकाजी केही मन्त्रालय मुख्यमन्त्रीले नै राखेर विस्तार गर्न माओवादीसँग एमालेले आग्रह गरेको बुझिएको छ । कर्णालीमा ८ वटा मन्त्रालय छन् ।

माओवादीका प्रमुख सचेतक रणसिंह परियार गठबन्धनलाई सहज बनाइ अघि बढ्ने कुरामा मुख्यमन्त्री अग्रसर हुनुपर्ने बताउनुहुन्छ । माओवादीका सांसदहरूले मुख्यमन्त्रीले ढिलाइ गरेको बताउदैआएका छन् । एमालेका सांसदहरू भने माओवादीकै कारण भागबण्डा र सरकार विस्तारको काम रोकिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com