काठमाडौं, ७ वैशाख । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ ।शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले भेटेर विपिनको रिहाइका लागि थप पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताएका थिए ।गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका(३ का जोशी भने सम्पर्कविहीन भएका थिए ।
हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो । तर त्योभन्दा बढी संख्यामा रिहाइ गरे पनि विपिनको अवस्था अज्ञात छ ।
प्रतिक्रिया दिनुहोस्