ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिपछिपे सहकारीमा १६ करोड रुपैयाँभन्दा बढी हिनामिना


एबीसी न्यूज

काठमाडौं ३० चैत । कावासोतीमा कार्यालय रहेका छिपछिपे उपभोक्ता सहकारी संस्थामा सञ्चालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको १६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पाइएको छ ।

छिपछिपे सहकारीमा १६ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको ठहर
बचतकर्ताको उजुरीपछि गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका वित्तीय विश्लेषक तथा परामर्शदाता निर्मल गौतमले गरेको छानबिनमा सहकारीमा कूल १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ हिनामिना भएको देखिएको छ ।

 

सहकारी रजिस्ट्रार कार्यालय पोखराले गत माघ २१ गते यो छिपछिपे सहकारीको अनियमितता छानबिन गर्न गौतमलाई खटाएको थियो । गौतमले रजिस्ट्रार कार्यालयमा बुझाएको प्रतिवेदनमा सहकारीका तत्कालीन समिति र हालका केही पदाधिकारीले समेत अनियमितता गरेको खुलाएका छन् ।

गौतमले छिपछिपे सहकारीका तत्कालीन अध्यक्ष र व्यवस्थापक योगेन्द्र पाण्डेसमेत सञ्चालक समितिका सदस्यहरू र कर्मचारीको समेत मिलोमतोमा हिनामिना भएकाले उनीहरूबाट बचतकर्ताको निक्षेप रकम असुल्न पर्ने राय दिएका छन् । गत फागुन २९ गते रजिस्ट्रार कार्यालयमा बुझाइएको प्रतिवेदनमा सञ्चालक समितिका अध्यक्ष र संस्थाको व्यवस्थापक रहेका योगेन्द्र पाण्डेको मिलोमतो र बद्नियतमा धेरै रकम हिनामिना भएको उल्लेख छ । बर्दिया निवासी पाण्डे २०७२ सालदेखि ०७९ साल सम्म ७ वर्ष सम्म संस्थाका अध्यक्ष र व्यवस्थापक रहेका थिए ।

सहकारी ऐन अनुसार एउटै व्यक्ति अध्यक्ष र व्यवस्थापक हुन पाँइदैन । पाण्डे अध्यक्ष र व्यवस्थापक हुँदा कोषाध्यक्ष रहेका प्रकाश सापकोटाको समेतको मिलोमतोमा ठूलो रकम हिनामिना भएको बचतकर्ताको आरोप छ । पाण्डेको मिलोमतोमा काल्पनिक कर्जा खाता तयार गरेर समेत रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक प्रलोभनमा परेर आफूनिकटका व्यक्तिलाई बिनाधितो ऋण दिने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

ऋण लिएर कर्जा चुक्ता गरिसकेका व्यक्तिहरूको धितो फुकुवा नदिएको र नक्कली खाता सञ्चालन गरेर रकम अपचलन गरेको प्रतिवेदनमा औल्याइएको छ । रजिस्ट्रार कार्यालयले प्रतिवेदन बुझेको १ महिना बितिसक्दा पनि बचतकर्ताले आफ्नो पैसा फिर्ता पाएका छैनन् । सहकारीमा हिनामिना भएको समाचार कान्तिपुरमा चैत २५ गते प्रकाशन भएपछि योजनाकार योगेन्द्र पाण्डेसहित ५ जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले ४ दिनअघि एक सूचना प्रकाशन गरेर छिपिछिपे सहकारी पीडितहरूलाई उजुरी दिन आग्रह गरेको छ ।

२०७९ पुस १ गतेदेखि सहकारी सञ्चालक समितिका अध्यक्षमा गोपीकृष्ण शर्मा रहेका छन् । त्यसअघि योगेन्द्र पाण्डे अध्यक्ष रहँदा शर्मा लेखा समितिको संयोजक थिए । शर्मा अध्यक्ष भइसकेपछि पाण्डेलाई नै व्यवस्थापक राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com