ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरिक्षको रहस्यमय ‘बर्मुडा ट्रयाङ्गल’


admin
फाल्गुन ८, २०७४ मंगलबार  ५ : १४ बजे

काठमाडौं, ८ फागुन । पृथ्वीको बर्मुडा ट्रायङ्गलको बारेमा त सबैमा जानकारी नै छ । आन्ध्र महासागरमा पर्ने यो क्षेत्रमा धेरै बिमान र पानीजहाज रहस्यमय तरिकाले हराएका छन्।
शताब्दीदेखि यो रहस्य सुल्झाउने कोसिस भैरहेको छ। तर अहिलेसम्म यसको रहस्य रहस्य मै सिमित छ ।

ठिक यस्तै क्षेत्र अन्तरिक्षमा पनि छ, जसलाई बर्मुडा भन्ने गरिन्छ। यस क्षेत्रबाटमा प्रवेश गरेपछि अन्तरीक्ष यात्रीले फरक अनौठो प्रकारको अनुभव गर्छन्। यस क्षेत्रबाट यात्रा गर्दा अन्तरिक्ष यानको प्रणाली र कम्प्युटर बिग्रन्छ। अन्तरिक्ष यात्रीहरुले पनि भयकंर चम्किलो सामाना गर्नुपर्छ।

नासाको अन्तरिक्ष यात्री रहेका टेरी वर्ट्सले आफ्नो पहिलो अन्तरिक्ष अभियानको यसबाट अनुभव भएको बताएका छन्। उनी सुत्न तरखरमा थिए। उनको आँखामा ठोकिन आइपुगेका सेतो किरणहरुले आँखा तिल्मिलायो। त्यसो त टेरीले अन्तरिक्षयात्री बन्नुभन्दा अघि नै उनले यसबारेमा पढेका थिए। आफ्नो दुईवटै अन्तरिक्ष अभियानमा टेरीले यस्तो विषय अवस्थबाट जुग्रिनु पुर्‍यो जुन हैरान बनाउने प्रकारको थियो।

अब तपाईंलाई अन्तरिक्षको बर्मुडा ट्रयाङ्गलको बारेमा विस्तृत रुपमा बताइहालौं। यो क्षेत्र दक्षिण आन्ध्र महासागर र ब्राजिलको ठिक माथि आकाशको भागमा छ। यस क्षेत्र भएर अन्तरीक्ष केन्द्र वा अन्तरिक्ष यान हिँड्दा कम्प्युटर विकिकरणको शिकार हुन्छ र अन्तरीक्ष यात्रीको आँखा सेतो चमकले तिलमिलाउछ।

यसको वैज्ञानिक कारण छ। सूर्यले सधैँ नै भयंकर जलाउने किरण निकाल्छ। यसमा इलेक्टोन हुन्छ र विकिरण अर्थात रेडिएसन पनि हुन्छ। जब यो विकिरण सूर्यको प्रकाशसँग हाम्रो धर्तीमा नजिक आउँछ। त्यस समयमा धर्तीको माथिल्लो भागमा रहेको एक तहको रुपमा रहेको भान एलन बेल्टले यसलाई हामीसम्म पुग्नबाट रोक्छ।

जब सूर्यबाट आउने रेडिएसन धर्तीको भान एलन बेल्टसँग ठोक्किन्छ यो अन्तरिक्षमा फैलिन्छ। तर हामीलाई बचाउने भान एलन बेल्ट सबै स्थानमा बरीबरी भने हुँदैन। पृथ्वी पुरै गोलो नभएको कारण यस्तो भएको हो। ध्रुवमा केही थेप्चिएको छ र बीचको भाग केही मोटो छ।

यो कारणले दक्षिणी ध्रुवको क्षेत्रमा भान एलन बेल्ट धर्तीको सबैभन्दा नजिक आउँछ। त्यसले अन्तरीक्षको यही अंशमा सूर्यबाट आउने रेडिएसनको धेरै असर देखिन्छ ।

दक्षिण आन्ध्र असंगती

अन्तरिक्ष यात्रीहरुले अन्तरिक्षको यस बर्मुडालाई ुसाउथ एटलान्टिक एनोमलीु९एसएए० भन्दछन्। आमरुपमा अन्तरिक्षको यस क्षेत्र हुँदै जाने अन्तरिक्ष यान र अन्तरिक्ष केन्द्र त्यस स्थानबाट जति सकिन्छ त्यति चाँडो निस्कन चाहान्छन्। तर अहिले धेरै निजी कम्पनीहरु स्पेश अभियानमा जुटेका छन्। त्यसैले एसएएन अर्थात अन्तरिक्षको बर्मुडा ट्रयाङ्गलबाट धेरै समाधान हुन आवश्यक छ।

नासाका अन्तरिक्षयात्री भएका टेरी वर्ट्स पनि भू उपग्रहले विकिरणको आक्रमणको सामना गर्नु परेको बताउछन्। त्यतिबेला कम्प्युटर प्रणालीले पनि काम गर्न सक्दैन। यही कारणले नासाको अन्तरिक्ष दुरबिन हबल यस क्षेत्रबाट पार गर्दा काम गर्न बन्द गर्दछ।

टेरीले अन्तरिक्षमा विकिरणबाट बच्ने सबैभन्दा राम्रो तरिका पानी रहेको बताए। पानीको २३ किलो तौलको ब्यागको सहयोगमा एकतिर भित्तामा उभिएर अन्तरिक्षयात्रीले विकिरणबाट आफूलाई जोगाउछन्। त्यसो त सूर्यबाट आउने विकिरणको यो आँधीको कारणले एउटा धेरै नै आकर्षक दृश्य देख्न सकिन्छ। सूर्य र पृथ्वीको चुम्बकीय किरणको टकवारबाट ध्रुवमा हामीले हरियो रंगको उज्यालो देख्न सक्छौं। उत्तर ध्रुवमा यो आकर्षक दृश्य हेर्न मानिस हजारौ किलोमिटरको यात्रा गर्दै त्यहा पुग्छन्।

टेरीले अन्तरिक्षमा यो दृश्य अझै आकर्षक देखिने बताए। उनले नर्दन लाइटको त्यसो दृश्य पृथ्वीमा देख्ने नसकिने बताए। अन्तरिक्ष केन्द्रमा रहेको समयमा टेरीले यो हरियो प्रकाश पार गर्दै हिडेको पनि उनलाई अनुभव गरेका थिए। जुन पृथ्वीमा संभव नै छैन।

सूर्यको विकिरणको अन्तरिक्षमा सधै निगरानीमा हुन्छ । त्यसका लागि अन्तरिक्षयात्रीहरुसँग एउटा रेडिएसन मिटर साथमा हुन्छ।

टेरीले अहिले धेरै अन्तरिक्ष योजनाहरु भैरहेको समयमा विकिरणको प्रभावबाट आफै बचाउन सक्ने यन्त्रहरु बढीभन्दा बढी चाहिने बताए। किनभने निकै पर अन्तरिक्ष यात्रामा कयौ पटक अन्तरिक्ष यात्रीको पृथ्वीमा रहेको मास्टर कन्ट्रोल रुमसँग सम्पर्क नहुनसक्छ। यस्तो अवस्थामा त्यही भएको मेसिनले परिस्थितिलाई काबुमा पर्न सक्षम हो। यसका लागि नयाँ कम्प्युटर बनाउनु पर्छ। –

बीबीसी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com