सिन्धुलीमाढी । सिन्धुली जिल्लाकै उत्कृष्ठ सामुदायिक विद्यालय गौमती माध्यामिक विद्यालयमा शनिवार आयोजित बृहत भेलाले गौमती पूर्वविद्यार्थी समाज पुनर्गठन गरिएको छ ।
समाजका संस्थापक अध्यक्ष अशोक श्रेष्ठको सभापतित्वमा भएको भेलाले डण्ड गुरुङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
पूर्वविद्यार्थी, पूर्वप्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायत बृहत भेलामा पुनर्गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा पेसल कुमार श्रेष्ठ, सचिवमा बरूण लामिछाने, कोषाध्यक्षमा गिता राउत र सहसचिवमा ज्योती श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा लबदेव जोशी, सन्जीव श्रेष्ठ, अमरदीप चौधरी, भानुभक्त श्रेष्ठ, सुभद्रा आले र सुजन खड्का छन् ।
प्रतिक्रिया दिनुहोस्