उनीहरूले विकासलाई पनि अवरुद्ध गरिरहेका छन्,
यदि एसियाको राजनीतिले केही देखाउँछ भने त्यो हो पारिवारिक विरासत । फिलिपिन्समा हालैका चार राष्ट्रपतिमध्ये तीनजना विगतका राष्ट्रपतिहरूका सन्तान थिए। कम्बोडियामा सन् १९८५ देखि शासन गर्दै आएका शक्तिशाली शासक हुन सेनले हालै आफ्ना छोरा हुन मानेटलाई प्रधानमन्त्री पद हस्तान्तरण गरेका छन्। उत्तर कोरियाले एउटै शासक परिवारका तीन पुस्तालाई मात्र देखेको छ । अधिकांश परिवार सत्तामा रहन कटिबद्ध छन्।
राजनीतिक वंशवाद नयाँ होइन। न त एसियाले तिनीहरूमा एकाधिकार दावी गर्न सक्छ। तिनीहरूले लगभग हरेक महाद्वीपलाई आकार दिएका छन्। तैपनि तिनीहरूद्वारा अस्वीकृत एसियाली देशको बारेमा सोच्न गाह्रो छ। परिवारहरूद्वारा पारित शक्ति सामाजिक शान्ति र समृद्धि फैलाउने सबैभन्दा राम्रो ग्यारेन्टर हो भनेर राजवंशहरू र उनीहरूका प्रशंसकहरूले यति दृढतापूर्वक खेती गरेको कुरा अरू कतै देखिंदैन । यो गहिरो गलत दाबीले यस क्षेत्रको अर्थव्यवस्था र उनीहरूको बृद्धिको क्षमतामा गम्भीर प्रभाव पार्छ।
वास्तवमा, ‘नेपो बेबी’ ले शक्ति सुदृढ गरिरहेका छन्। जनवरीमा बङ्गलादेशका संस्थापक पिता शेख मुजीबुर रहमानकी छोरी शेख हसिनाले विपक्षीलाई कुटपिट गरेर आंशिक रूपमा प्रधानमन्त्रीको रूपमा पुनः चुनाव सुरक्षित गरिन्उ– उनको लामो समयदेखिकी शत्रु, प्रतिद्वन्द्वी कुलकी प्रमुख खालिदा जिया नजरबन्दमा छिन्। फेब्रुअरीमा पाकिस्तानमा ऐतिहासिक रूपमा सत्तामा आएका दुई प्रतिद्वन्द्वी राजनीतिक वंश शरिफ र भुट्टो–जर्दारीहरूले चुनावमा गैर–राजवंशी इमरान खानलाई हुत्याउन शक्तिशाली सेनाको समर्थनमा गठबन्धनमा जोडिए ।
फेब्रुअरीमा भएको इन्डोनेसियाको राष्ट्रपति चुनावमा पनि पारिवारिक गठबन्धनले विजय हासिल गरेको थियो। स्वर्गीय सुहार्तोको तानाशाहीअन्तर्गतका सेनापति र सुहार्तोकी छोरीका पूर्व पतिले राष्ट्रपति पद जितेका छन्। उनले लोकप्रिय निर्वतमान राष्ट्रपति जोकोवीका छोरालाई आफ्नो उपराष्ट्रपतिको रूपमा रोजेका छन् । (सन् २०२३ मा जोकोवीले राष्ट्रपति बन्नु भनेको ‘मेरा आफ्नै बच्चाहरूलाई शक्ति प्रवाह गर्नु होइन’ भन्ने कुरामा जोड दिएका थिए ।
गठबन्धन, निस्सन्देह, पनि कच्याक्कुचुक हुनसक्छ। राष्ट्रपति फर्डिनान्ड ‘बोङबोङ’मार्कोस पूर्व राष्ट्रपति फर्डिनान्डका छोरा हुन्, जो सन् १९८६ को लोकप्रिय क्रान्तिमा अपदस्थ हुनुअघि तानाशाहका रुपमा रहेको थिए । । उनका उपराष्ट्रपति सारा डुटेर्टे पूर्व राष्ट्रपतिको छोरी हुन्। सन् २०२२ मा उनीहरूलाई सत्तामा ल्याउने असहज गठबन्धन तबदेखि खुला झगडामा परिणत भएको छ।
एसियालाई वंशवादी शासनको प्रवण बनाउन इतिहासले आफ्नो भूमिका खेलेको छ। फिलिपिन्समा धेरै राजनीतिक परिवारहरू उपनिवेशवादमा छन्। स्वतन्त्रतापछि धनी परिवारहरूले गरिब फिलिपिन्सवासीहरूले किन्न नसक्ने जग्गा कब्जा गरेका छन् । कुलीनहरू, तिनीहरूमध्ये मार्कोसहरूले विशाल हेसिन्डाको विकास गरे। सन् २००१ देखि चारजना राष्ट्रपतिहरू यीनै जमिनदार वर्गहरूबाट आएका छन्। एटिनो डे मनिला विश्वविद्यालयका रोनाल्ड मेन्डोजाका अनुसार देशका गभर्नरहरूमध्ये ७८ प्रतिशत, कङ्ग्रेसका ७३ प्रतिशत र ५३ प्रतिशत मेयरहरू एक भन्दा बढी सदस्यहरू निर्वाचित पद धारण गर्ने राजनीतिक बंशवादी परिवारबाट आएका छन्।
भूमिको स्वामित्वले पाकिस्तान र बङ्गलादेशका राजनीतिक परिवारहरूले प्रमुखतामा पाउने भूमिका खेलेको छ। भारतमा, यसको विपरित, राजवंशहरू स्वतन्त्रता पछिका लोकतान्त्रिक अभिजात वर्गका उत्पादनहरू बनेका छन् । यो विशेष गरी नेहरू–गान्धी परिवारमा देखिन्छ , जसले पहिलो जवाहरलाल नेहरूबाट सुरु गरेर तिनजना प्रधानमन्त्रीहरू जन्माएको छ। उनका नाति राहुल गान्धीले मुख्य विपक्षी दल काङ्ग्रेस हांकिरहेका छन् (यद्यपि भारतको आगामी चुनावमा उनको दल पराजित हुने सम्भावना देखिन्छ) ।
भाइ–भतीजावादको प्रभाव गहिरो हुनसक्छ, त्यसको बलियो उदाहरण अति गरिब उत्तर कोरियामा देखिन्छ। फिलिपिन्समा मेन्डोजा र अन्यको कामले देखाउँछ कि देशको अधिक समृद्ध क्षेत्रहरूमा, जस्तै उत्तरमा लुजन, राजनीतिक परिवारहरूले आर्थिक विकासलाई प्रोत्साहित गर्छन्, तर उनीहरूले सम्पत्ति र प्रभाव पनि विस्तार गर्छन्। सुधारका सीमाहरू तब पुग्छन् जब उनीहरूको हित र उनीहरूका सहयोगीहरू जोखिममा हुन्छन्। मेन्डोजाको पत्रिकाले यी वंशवादी राजनीतिज्ञहरूलाई ूस्थिर डाकुहरूू नाम दिएको छ ।
जहाँसम्म पाकिस्तानको कुरा छ, लाहोर युनिभर्सिटी अफ म्यानेजमेन्ट साइन्सेजकी आयशा अलीको एक अनुसान्धान पत्रमा लेखेकी छन् ः एउटा सन् २०१० मा विनाशकारी राष्ट्रिय बाढीपछि राजनीतिक वंशवादीहरूद्वारा छ । सञ्चालित निर्वाचन क्षेत्रहरूमा विकास खर्च औसतभन्दा दशौँ गनाले कमी रहेको छ । भारतमा, सिद्धार्थ इपेन जर्ज र डोमिनिक पोनाट्टुको एक अनुसन्धानले वंशवादी शासनले रातमा देखिने प्रकाशको वृद्धिलाई समेत घटाउँछ (आर्थिक गतिविधिको लागि एक प्रोक्सी–प्रति वर्ष ६.६ प्रतिशत बिन्दुहरू मात्र देखिएका छन्) ।अब त्यहाँ मलिनिएका प्रकाशलार्य चम्काउनका लागि एसियाले आफ्ना राजवंशहरूलाई फ्याँक्नुपर्छ। ■
दि इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्