काठमाडौं, १९ चैत। रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित १४ जनालाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै उनीहरुले सिंहदरको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्