ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोहलपुर नगर अस्पतालबाटै विशेषज्ञ सेवा


एबीसी न्यूज

काठमाडौं १८ चैत । बाँकेको कोहलपुर नगरपालिकाले नगर अस्पतालबाटै अब विशेषज्ञ सेवा दिने भएको छ । कोहलपुर नगरपालिकामा रहेको नगर अस्पतालबाट आइतबार, बुधवार र शुक्रबार विशेषज्ञ सेवा प्रदान गरिने कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो ।

कोहलपुर नगरपालिका स्वास्थ्य बीमा संयोजन समिति संयोजकसमेत रहनुभएका मेयर आचार्यले नेपालगन्ज मेडिकल कलेज कोहलपुरसँगको सहकार्यमा नगर अस्पतालबाटै विशेषज्ञ सेवा दिन लागिएको बताउनुभयो । कोहलपुर नगर अस्पतालका स्वास्थ्य बीमा संयोजन समितिका सदस्य वीरेन्द्र कुमार शाहका अनुसार आइतबार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, बुधवार जनरल फिजिसियन र शुक्रबार शल्य चिकित्सा सेवा प्रवाह गरिने छ ।

स्वास्थ्य बिमा बोर्डमा सूचीकृत मेडिकल कलेज कोहलपुरका चिकित्सकहरुले नगर अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्ने सदस्य शाहले बताउनुभयो । उहाँका अनुसार जटिल खालका समस्या देखिएका बिरामीहरुलाई मेडिकल कलेजमा रिफर गरिनेछ ।

नगर प्रमुख आचार्यको अध्यक्षतामा बसेको बैठकले वैशाखको पहिलो सातादेखि विशेषज्ञ सेवा दिने तयारी गरेको जनाइएको छ । मेडिकल कलेजमा बीमा कार्यक्रम वैशाख पहिलो सातादेखि सुरु गर्ने तयारी गरिएको छ । उक्त कार्यक्रम सुरु भएपछि नगर अस्पतालमा पनि विशेषज्ञ सेवा सुरु हुने भएको हो ।

नगरपालिकाले आफ्नै फार्मेसी सञ्चालनको तयारी गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com