ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र प्रचण्डवीच सहमति, महाधिवेशनपछि जबजको नाम फेरिन सक्ने (हुनेभयो पार्टी एकता)


एबीसी न्यूज

काठमाडौं, ७ फागुन । निकै कसरतका बावजुत आज दुई पार्टी विच एक खालको भद्र सहमति बनेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ५ वर्ष आलोपालो प्रंधानमन्त्री चलाउने भद्र सहमति भएको छ । तर, पार्टी एकताका गर्दा यो सहमतिलाई ‘डकुमेन्टेसन’ नगर्न दुबै नेता राजी भएका छन् ।

प्रधानमन्त्री आलोपालो चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने र कर्मचारीहरुले पनि सरकारलाई नटेर्ने भएकाले यो सहमतिलाई ‘जेन्टलमेन एग्रिमेन्ट’ का रुपमा मात्रै लिइने शीर्ष नेतृत्वमा सहमति भएको उच्च स्रोतले जानकारी दिएको छ ।

आज सोमबार बिहान प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टु वान’ वार्तापछि पार्टी एकताको विषय टुंगो लागेको    छ ।
दुई नेतावीच पार्टी एकताको मोडालिटीमा सहमति भएसकेकाले पार्टी एकता संयोजन समितीको बैठक बालुटारमा सुरु भएको छ । बालुवाटारमा बस्ने एकता संयोजन समितिको बैठकले यसलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् । संयोजन समितिले अनुमोदन गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुने बताइएको छ ।

प्रधानमन्त्रीमा आलोपालोः नभन्ने, तर गर्ने

केपी ओली र प्रचण्डवीच नेतृत्वका विषयमा सहमति भएको खबर आएपछि संचारकर्मीले एमाले उपाध्यक्ष वामदेव गौतमसँग सम्पर्क गर्दा प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो ? जवाफमा एमाले नेता गौतमले धेरै कुरा गर्दा बिग्रने बताए । तर, उनले प्रधानमन्त्रीमा आलोपालोमा गर्ने सहमति भएको होइन भन्न सकेनन् ।

‘पार्टी एक भइसकेपछि को प्रधानमन्त्री बन्ने, को मन्त्री बन्ने भन्ने कुराको टुंगो पार्टीले लगाउँछ’ ‘अहिले एकता संयोजन समितिले केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय गरेको छ, भोलि एकीकृत पार्टीले यसबारेमा कुनै पनि निर्णय गर्न सक्छ, त्यो सामान्य कुरा हो ।’

सरकारको नेतृत्वबारे पार्टीले गर्ने निर्णयलाई आलोपालोका रुपमा बुझ्न नहुने एमाले उपाध्यक्ष गौतमको भनाइ छ ।
पार्टीको नाम नेकपा, अध्यक्षतामा आलोपालो
एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको नामबाट फुको हटाएर ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्रै राख्ने शीर्ष तहमा सहमति गरेका छन् । पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा मोटामोटी सहमति भएको भनिए पनि यसबारे अझै अन्तिम टुंगो लागिसकेको छैन र यसबारे एकता संयोजन समितिले टुगाँउने नेताहरुले बताएका छन्।

अध्यक्षबारे ओली र प्रचण्डवीच भएको लामो छलफलमा आलोपालो बैठकको अध्यक्षता गर्ने सहमति भएको स्रोतले बतायो । एउटा बैठकमा एकजना अध्यक्ष सिनियर हुने र अर्को बैठकमा अर्को अध्यक्ष सिनियर हुने गरी दुबै अध्यक्ष रहने प्रारम्भिक सहमति भएको बताइएको छ ।

पार्टी अध्यक्षमा दुबैको समान स्टाटस रहनेमा सहमति भएकाले दुबैलाई को (सहअध्यक्ष) भन्न सकिने सहमति भएको तर दुबैलाई नै अध्यक्ष नै बन्न पनि सकिने स्रोतले जानकारी दिएको छ ।

बैठकमा आलोपालो अध्यक्षता गर्न दुबै नेताहरु सहमति भए पनि पार्टीका तर्फबाट हुने पत्राचारमा प्रचण्डको हस्ताक्षर चलाउने कि ओलीको भन्ने अझै अलमल रहेको स्रोतले जानकारी दियो ।

पार्टीका दुईजना सहअध्यक्ष रहने प्रचलन अन्तरराष्ट्रिय रुपमा पनि रहेको पाइन्छ ।
पार्टी एकताको गाँठोका रुपमा रहेका वैचारिक राजनीतिक प्रश्नहरु आगामी महाधिवेशनसम्म बहसका रुपमा लैजान दुबै नेताहरुवीच सहमति भएको छ ।

‘जबज र माओवादलाई आगामी महाधिवशेनसम्म छलफलमा लगेर टुंग्याइने छ,’ एमालेका एक नेताले बताए, ‘जबजको सारवस्तुमा माओवादी पनि सहमत छ, यसको नाम के राख्ने भन्नेमात्र बहसको विषय हो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com