ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीले मधेशमा अर्थ मन्त्रालय मागेपछि मुख्यमन्त्री दबाबमा


एबीसी न्यूज

काठमाडौं १२ चैत । केन्द्रमा समीकरण फेरिएपछि नेकपा एमालेका चार नेतालाई सरकारमा सहभागी गराउँदा पनि मधेश सरकार अझै अपुरो छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले गत सोमबार र शनिबार गरी एमालेका नेताहरुलाई सरकारमा सहभागी गराउँदा श्रम तथा यातायात मन्त्रालय खाली छ ।

सो मन्त्रालय मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्रका लागि राखेका हुन् । तर माओवादीले अर्थ मन्त्रालय पाउनुपर्ने अडान राख्दै श्रम मन्त्रालय लिन मानेको छैन ।

‘अर्थ मन्त्रालय माओवादीको बटमलाइन हो । त्यसबाट पछि हटिन्न’, माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह भन्छन् । हाल जसपाका सञ्जय यादव अर्थमन्त्री छन् ।

हाल मधेश सरकारमा माओवादी केन्द्रकी सुनिता यादव उद्योग तथा पर्यटन मन्त्री छिन् । अर्थ मन्त्रालय नदिए उद्योग तथा पर्यटन मन्त्रालय छाडेर दबाब दिने रणनीति बनाइरहेको एक सांसदले बताए ।

‘कि त अर्थ मन्त्रालय दिनुपर्‍यो । नभए भएको मन्त्रालय छाड्ने हाम्रो रणनीति छ’, ती सांसदले भने । पछिल्लो समय मधेश सरकारमा जनमत पार्टीले छाड्दा दुईवटा मन्त्रालय खाली भएको थियो भने मुख्यमन्त्रीले कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

यसरी खाली भएका पाँच मन्त्रालयमध्ये ४ वटा एमालेले र एउटा माओवादी केन्द्रले पाउने समझदारी थियो । अहिले माओवादीले अर्थ मन्त्रालय मागेपछि मुख्यमन्त्री यादव समस्यामा परेका छन् ।

अर्कोतर्फ एमाले नेताहरुको शपथ ग्रहण खबर नगरेको सत्ता साझेदार अरु दलहरु पनि रिसाएका छन् । नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद रत्नेश्वर गोइत गठबन्धन भित्र समन्वयको अभाव रहेको बताए ।

‘एकैपटक सरकार विस्तारको कुरा थियो । त्यसो गर्दा प्रभावकारी हुन्थ्यो । यहाँ गठबन्धन दलभित्र कोअर्डिनेसन अभाव छ’, उनले भने ।

गत शुक्रबार नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । त्यसैले त्यसअघि नै सत्ता गठबन्धनमा रहेका दलहरु मुख्यमन्त्री यादवमाथि दबाब सिर्जना गर्ने रणनीतिमा छन् ।

१०७ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले आफ्नो बहुमत सिद्ध गर्न ५४ सांसदको समर्थन पाउनुपर्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेको सभामुखसहित २४, जसपाको १९, नेकपा माओवादी केन्द्रको ९ र नेकपा एकीकृत समाजवादीको ७ गरी ५९ सिट पुग्छ ।

९ सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीका रमेशप्रसाद कुर्मी हाल वनमन्त्री छन् । केन्द्रीय सत्ता गठबन्धनमा नरहे पनि मुख्यमन्त्री यादव लोसपालाई सरकारबाट नहटाउने पक्षमा छन् ।

लोसपाले पनि मधेश सरकारमा रहने वा नरहने विषयमा अहिलेसम्म निर्णय गरेको छैन । तर सरकार विस्तारलगायतका महत्वपूर्ण विषयमा मुख्यमन्त्रीले छलफल नगरेको भन्दै लोसपा असन्तुष्ट छ ।

‘जसपाले मनोपोली ढंगले प्रदेश सरकार चलाइरहेको छ । कहिल्यै पनि गठबन्धनको कुनै धर्म निर्वाह गरेको छैन’, लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले भने ।

१२ सदस्यीय मधेश सरकारमा जसपाका मुख्यमन्त्रीसहित चार, एमालेका चार मन्त्रालय, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको एक–एक मन्त्रालय छ । एउटा मन्त्रालय खाली छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

सम्बन्धित

रेशम चौधरीको उम्मेदवारी रद्द

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com