ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी प्रकरण- सिफारिस अध्ययन गर्न समिति गठन


एबीसी न्यूज

काठमाडौं १२ चैत । अवैध सुन तस्करीमा अनुसन्धान गरी सिफारिस गर्न गठित जाँचबुझ आयोगले गरेका विभागीय कारबाहीसम्बन्धी सिफारिसबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

नेपालमा पटक पटक भइरहेको अवैध सुन तस्करीबारे जाँचबुझ गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय जाँचबुझ अयोग गठन गरेको थियो ।

२०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विद्युतीय सिगरेट ९भेप० भित्र नौ केजी र गत साउन २ गते विमानस्थल राजस्व अनुसन्धान विभागले ब्रेक सुभित्र लुकाएर ल्याएको अवस्थामा बरामद गरेको ६० केजी तस्करीको सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले अनुसन्धान गरेको थियो ।

आयोगले चैत १ गते गृह मन्त्रालयमा बुझाएको जाँचबुझ प्रतिवेदनमा सुन तस्करीको अनुसन्धान गर्ने जिम्मेवारी पाएको सिआइबी र त्यसका तत्कालीन प्रमुख किरण वज्राचार्य तथा अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा तथा प्रहरी नायव उपरीक्षकद्वय दुर्गा दाहाल र रुगम कुँवरलाई गम्भीर लापरबाही गरेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जाँचबुझ आयोगले विभागीय कारबाहीको सिफारिस गरेको बारे अध्ययन गर्न मन्त्रालयले कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल र मन्त्रालयको प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही सदस्य रहेको अध्ययन समिति गठन गरेको जानकारी दिनुभयो ।

मन्त्रालयले गठन गरेको समितिले विभागीय कारबाहीका लागि सिफारिस भएका प्रहरी तथा अन्य कर्मचारीको समेत के भूमिका थियो र आयोगले कस्तो कारबाहीको सिफारिस गरेको हो भन्ने अध्ययन गर्ने छ ।

आचार्य नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनमा तत्कालीन सिआइबी प्रमुख वज्राचार्यसहितको अनुसन्धान टोलीले सुन तस्करीका मुख्य आरोपी अछामका जीवन चलाउनेलाई पक्राउ गरेको र हिरासतमा राखेर अनुसन्धान गर्नुपर्नेमा सामान्य सोधपुछ गरी छाड्नु गम्भीर लापरबाही गरेको ठहर गरेको छ ।

सिआइबीबाट उम्किन सफल चलाउने हाल भारतमा लुकेर बसी सामाजिक सञ्जालबाट विभिन्न अनर्गल प्रचारबाजी गर्दै आएको पाइएको छ । सिआइबी अनुसन्धान टोलीमाथि अभियुक्तलाई भगाउन उल्टै सहयोग गरेको आरोप जाँचबुझ आयोगको प्रतिवेदनले नै किटान गरेको छ ।

त्यसै सिआइबीको यही नेतृत्व र अनुसन्धान टोलीले अर्का आरोपी पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका पुत्र तथा अनेरास्ववियु क्रान्तिकारीका महासचिव राहुल महरालाई पनि हिरासतमा राखेर मुद्दा चलाउनुपर्नेमा सामान्य सोधपुछ गरी उन्मुक्ति दिन भूमिका निर्वाह गरेको आरोप लागेको छ ।

सिआइबीमा कार्यरत चार जना प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । सुन तस्करी प्रकरणमा गम्भीर लापर्बाही गरेको आरोप लागेका प्रहरी निरीक्षकहरू सुरेश खत्री र रन्जित लामालाई प्रहरी प्रधान कार्यालय तथा वकिल सिंहलाई सशस्त्र प्रहरी गण नम्बर–१ र कृष्ण श्रेष्ठलाई पहरा गणमा काज सरुवा गरेको जनाएको छ । उनीहरूको स्थानमा प्रहरी निरीक्षकद्वय राजु अधिकारी र गजेन्द्र रावललाई प्रहरी मुख्यालयले सिआइबीमा सरुवा गर्ने निर्णय गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सम्बन्धित

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com