काठमाडौ १० चैत । देशभर आज पनि आंशिक बदली भएको छ । पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा मौसम सक्रिय देखिएको ५ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरु र मधेश प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भएको छ ।कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
भोलि र पर्सिको होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना छ । केहीबेर मौसम खुले पनि पर्सिसम्मै बदली र वर्षाको सम्भावना रहेको उनले जानकारी दिए। आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने वर्षाको सम्भावना न्यून रहेको छ ।








प्रतिक्रिया दिनुहोस्