काठमाडौं ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा०का अध्यक्ष महन्थ ठाकुरले विचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज महसुस भएको बताएका छन्। विचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज महसुस भएको छ स् अध्यक्ष ठाकुर
बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले अहिलेको विभाजनले पार्टीलाई कुनै असर नपरेको दाबी गरे ।
लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महत्तो र अनिल झासहितका नेताहरुले हालै लोसपा परित्याग गरेका छन् । अध्यक्ष ठाकुरले भने वरिष्ठ नेता महत्तोले पार्टी छोडेर कुनै असर नपर्ने दाबी गरे ।
पार्टीबाट अलग हुनु र प्रवेश गर्नु नेपालको राजनीतिमा सबैतिर सरल कुरा भइसकेको छ । उहाँहरु जानुभएको छ । तर त्यसले पार्टीलाई ठूलो असर पुर्याउने कुरा छैन,ु उनले भने ।
उनले पार्टी केन्द्रीय सत्ता गठबन्धनबाट बाहिरिएपनि मधेशमा भने सरकारमा सहभागी हुनुपर्ने अवस्था रहेको बताए ।








प्रतिक्रिया दिनुहोस्