ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँग तत्काल बीआरआई कार्यान्वयन सम्झौता नहुने


एबीसी न्यूज

काठमाडौं ८ चैत । चीनसँग तत्कालै बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई परियोजना कार्यान्वयन सम्झौता नहुने भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चैत ११ गतेदेखि हुने चीन भ्रमणको क्रममा सम्झौता हुने चर्चा थियो।

चीनले अगाडि बढाएको बीआरआई परियोजनामा नेपाल समावेश भए पनि यसको कार्यान्वयन सम्झौता हुन सकेको छैन। यसअघि नेपालले बीआरआईअन्तर्गत नौवटा परियोजना राख्ने प्रस्ताव चीनसमक्ष गरेको थियो।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले बीआरआई सम्झौताबारे छलफल गरे पनि कुनै निर्णय नगरेको एक मन्त्रीले बताए।

‘परराष्ट्रमन्त्रीको अहिले हुन लागेको चीन भ्रमणकै बेला बीआरआई सम्झौता हुँदैन, परराष्ट्रमन्त्री बीआरआई सम्झौता गर्न बेइजिङ जान लाग्नुभएको होइन,’ मन्त्रिपरिषद बैठक सकेर बाहिरिएका एक मन्त्रीले भने, ‘तर पछि कुनै अनुकूल समयमा बीआरआई सम्झौता हुन सक्छ, त्यो आवश्यक पनि छ।’

परराष्ट्रमन्त्री भएपछि दर्जनौँ देशका राजदूतहरूसँग भेटवार्ता गरिरहेका श्रेष्ठले ‘परराष्ट्र नीतिमा राष्ट्रिय सहमति हुनु पर्ने’ बताउँदै आएका छन्। जुन सहमतिबाट एमसीसी, बीआरआई लगायतका भूराजनीति जोडिएका परियोजना अगाडि बढाउन सहज हुने मन्त्री श्रेष्ठको संकेत छ।

बेइजिङमा विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री श्रेष्ठको भेट तय, बोआओ हैन कैलाश जाने
परराष्ट्रमन्त्री श्रेष्ठ चैत ११ गते ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने कार्यतालिका छ। बेइजिङमा १३ गते चीनका विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय वार्ताको क्रममा नेपाल–चीनबीच बीआरआई सम्झौता पनि गर्ने तयारी थियो।

नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एमाले, रास्वपासँग फेरि गठबन्धन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल चीनसँग बीआरआई सम्झौता गर्न चाहन्छन्। प्रधानमन्त्रीले त्यही अनुसार तयारी गर्न भनेपछि केही दिनअघि नै ‘बीआरआई कार्यान्वयन सम्झौता’ को मस्यौदा चीनका राजदूतलाई दिइएको बताइएको छ। परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमणका क्रममा बेइजिङमा यो सम्झौता गर्ने तयारी थियो।

तर त्यसयता केही दिन प्रधानमन्त्री प्रचण्डमाथि बीआरआईमा अगाडि नबढ्न व्यापक दबाब आएपछि तत्काललाई यो स्थगित गरिएको हुन सक्ने स्रोतहरूले दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com