काठमाडौं ८ चैत । सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा प्रा।सङ्गीता सिंह, डा। कुसेन्द्रबहादुर महत, प्रा। शिवराज अधिकारी ९पाल्पा० र डा। अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।
यसैगरी, बैठकले नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात र नेपाली तीन जना गरी दश जना पर्वतारोहीलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ ९६५९१ मिटर० र जुगल– २ ९६५१८ मिटर० हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्