काठमाडौं ५ चैत । स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले गत मंगलबार ९२९ पुस०मा निर्णय गर्दै सेवा प्रदायक संस्थालाई कार्यावन्यनका लागि पत्र लेखेको हो ।
बोर्डका अनुसार १०० शय्यासम्मको अस्पतालले हप्तामा १ दिन, २०० शय्या सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरूमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्नेछ ।
सरकारी स्वास्थ्य संस्था आधारभूत अस्पताल, प्रादेशिक अस्पताल०ले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य संस्थासंग समन्वय गर्नुपर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्