ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार ढाल्ने चलखेलमा छ काँग्रेस- प्रमुख सचेतक बर्तौला


एबीसी न्यूज

काठमाडौं ४ चैत । नेकपा एमाले का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अङ्कगणितका आधारमा प्रस्तुत भइरहेको आरोप लगाउनुभयो । उहाँले काँग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिन नहुने बताउनुभयो । सुन तस्करीको प्रकरण सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन हुनुपर्ने उहाँले बताउनुभयो । आयोगको प्रतिवेदन सांसदलाई बुझाउन पनि सरकारसँग उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुन तस्करी प्रकरणको सन्दर्भमा सरकारले आयोग बनाएको थियो, त्यो आयोगले सरकारलाई रिपोर्ट पेस गरेको छ । त्यो रिपोर्ट बमोजिम जसको जहाँ–जहाँ जसरी संलग्नता छ, दोषका प्रकृतिका आधारबाट कानुनी कारबाही हुन्छ ।’ प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ उहाँले भन्नुभयो ।

कानुनको आँखाबाट दोषी देखिएको जोसुकै भए पनि उम्किन नहुने उहाँको भनाइ छ । कोही पनि दोषी सरकारको छायाँमा रहेका कारणले गर्दा उन्मुक्ति पाउँछ भन्ने कुरा किमार्थ हुन नहुने उहाँले सुझाव दिनुभयो । गृहमन्त्री रवि लामिछाने आफ्नोबारेमा छानबिन सबै तहबाट होस् भनिरहेकाले त्यसमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “यसलाई विषय बनाई राजनीतिक ढङ्गबाट अहिले रास्वपाको नेतृत्वकर्ता गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अङ्कगणितका आधारमा गरिएको प्रयास हो” उहाँले भन्नुभयो ।

“अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अङ्ग प्रभावित हुन्छ भन्ने सोच्नुहुँदैन । यो सरकारलाई उहाँहरुले २८ दिनको म्याद दिनुभएको छ” उहाँले भन्नुभयो । सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com