काठमाडौ ४ चैत । अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी महिलाविरुद्ध मुद्दा दर्ता भएको छ ।काठमाडौं जिल्लाअदालतमा बच्चा चोरीको आरोपमा पक्राउ परेकी दैलेखको महाबु गाउँपालिका–६ कि मानकुमारी सिंहविरुद्ध मुद्दा दायर भएको हो । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट बच्चा चोरीको आरोपमा पक्राउ परेकी मानकुमारीको न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बयान भइरहेको छ ।
काठमाडौंको कागेश्वर मनोहरा बस्दै आएकी २७ वर्षीया मानकुमारीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डीएसपी अंगुर जिसीले बताए । काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु ११ फागुनमा १२ बजेतिर मानकुमारीले थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरी गरेर लगेको आरोप छ । प्रहरीले सोही राति १२ बजेतिर काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो भने शिशुको उद्दार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्