काठमाडौ २९ फागुन । नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार कांग्रेसबाट युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
बैठकमा पेस भएका दुवै प्रस्तावलाई राष्ट्रियसभाको अध्यक्षता ग्रहण गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्णयार्थ प्रस्तुत गर्दा दाहालका पक्षमा बढी मत परेकाले उनलाई निर्वाचित भएको घोषणा गरिन् । ५६ सांसद सहभागी बैठकमा कांग्रेसका युवराज शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत परेको छ ।
प्रतिक्रिया दिनुहोस्