ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै पहिलो पटक लिफ्टसहित आकासे पुल निर्माण सुरु


एबीसी न्यूज

काठमाडौं २८ फागुन । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास गरे । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।

आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभए पनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरले यो ठाउँमा पुल निर्माण अनुमति मागेको थियो ।

संविधानले व्यवस्था गरेबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको थियो ।

पुल शिलान्यास कार्यक्रममा महानगर प्रमुख महर्जनले अथक प्रयासपछि सडक विभागबाट पुल निर्माणका लागि अनुमति पाएको बताए ।

‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकासे पुल बनाउने निधो गरेका हौं,’ उनले भने, ‘अन्यत्रको आकासे पुल सवलाङ्गका लागि समेत असहज भएकाले लिफ्टसहितको निर्माण गर्न लागेका हौं । बालबालिका, ज्येष्ठ नागरिक लगायतलाई यो पुल सहज हुनेछ ।’

ललितपुर महानगरपालिका–१३ मा यो पुल एक वर्षभित्र निर्माण गरिसक्नुपर्छ ।

वडा नम्बर १३ अध्यक्ष गणेश केसीले सडक विभागबाट पुल निर्माणका लागि अनुमति लिन चार वर्षभन्दा धेरै समय लागेको बताए । ढिलै भए पनि अनुमति दिएकोमा विभागलाई उनले धन्यवाद दिए । ‘यहाँ अब सडक दुर्घटना कम हुन्छ । यो हाम्रा लागि खुसीको कुरा हो,’ केसीले भने ।

आयोजना प्रमुख तथा इन्जिनियर प्रदीप पौडेलका अनुसार सडक विभागबाट अनुमति प्राप्त यो आयोजना निर्माणका लागि ठेकेदार कम्पनी लामा प्रगति–मनी बुद्ध जेभी, काभ्रेपलाञ्चोकसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँ लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

इन्जिनियर पौडेलले लिफ्ट सहितको यो पुल नेपालकै पहिलो पुल भएको दाबी गर्दै सडक दुर्घटनाको जोखिम न्यून गर्ने दाबी गरे ।

आयोजनाको परामर्शदाता कम्पनी डीबी मल्टिइन्जिनियरिङ प्रालिका विनोद न्यौपानले यो आकासे पुलले यात्रुलाई सडक सुरक्षासँगै सहरको सौन्दर्यीकरणका लागि समेत सहयोग पुग्ने बताए ।

सडक दुर्घटनामा अत्यधिक भएर धेरैले मृत्युवरण गर्नुपरेको अवस्थाको पुल निर्माणपछि अन्य हुने उनले प्रष्ट पारे ।

यो आयोजना निर्माण जिम्मा लिएको कम्पनीका प्रतिनिधि चन्द्रबहादुर लामाले गुणस्तरमा कुनै पनि सम्झौता नगरी समयभित्रै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘यसका लागि स्थानीय नागरिक, महानगर, सडक विभाग लगायत सम्पूर्णको सहयोग अपरिहार्य छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com