काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए।
दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ समेत हुन् ।
उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुन्। नारायण दाहाल २०७८ मा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए।
राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी आकांक्षी थिए ।
विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उठाउने निर्णय गरेको छ।
राष्ट्रिय सभाको निर्वाचन आउँदो फागुन २९ गते हुँदैछ।
प्रतिक्रिया दिनुहोस्