ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको शीर्ष राजनीतिक बैठकमा भीपीएन नियन्त्रण बन्यो बहसको विषय


एबीसी न्यूज
फाल्गुन २७, २०८० आईतबार  ४ : २४ बजे

काठमाडौँ २७ फागुनः चीनले यसै साता एक शीर्ष राजनीतिक बैठकमा इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक)गर्ने प्रयासलाई तीव्रता दिने निष्कर्ष निकालेको छ।

उक्त बैठकले ‘भर्चुअल प्राइभेट नेटवर्क ९भीपीएन०’ नियन्त्रणबारे ठोस कदम चाल्ने गरी अघि बढ्न चीन सरकार तयार भएको सफ्टवेयरको अग्रणी प्रदायक फायरवाल–लिपिङले जनाएको छ।इन्टरनेटमा विश्वका अन्य मुलुकको तुलनामा बेइजिङले बढी नै नियन्त्रण ९सेन्सरसिप० गर्ने गर्छ। चीनको मुख्यभूमि वेब प्रयोगकर्ताहरूले ‘भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)’ प्रयोग नगरी गुगलदेखि समाचार वेबसाइटहरूमा सबै प्रकारका पहुँच प्राप्त गर्न सक्दैनन्।

भीपीएन प्रयोग र इन्टरनेट नियन्त्रण विषयले यस हप्ता वार्षिकरूपमा आयोजना हुने ‘दुई सम्मेलन’ मा हजारौँ राजनीतिक प्रतिनिधिहरूको ध्यान केन्द्रित भएको हो।

बेइजिङमा भएका ती सम्मेलनका समय भीपीएन सफ्टवेयरले नियन्त्रणका लागि सङ्घर्ष गरिरहे पनि नियन्त्रण प्रयासले सार्थकता पाउन सकेको छैन।

‘अहिले चीनमा राजनीतिक भेटघाटका कारण सेन्सरसिप बढेको छु, लिस्टेनस्टाइनबाट सञ्चालित भीपीएन सेवा एस्ट्रिलका एक प्रतिनिधिले एएफपीसँग भने, ‘दुर्भाग्यवश, सबै भीपीएन प्रोटोकलहरू यस समयमा काम गरिरहेका छैनन्।’

ुहामी सबै सेवाहरूलाई सामान्य अवस्थामा फर्काउन गहन रूपमा काम गरिरहेका छौँ, तर हाल इन्टरनेट नियन्त्रणका लागि चीनमा कुनै विद्युतीय प्रणाली ९ईटीए० कार्यान्वयनमा रहेको छैनु, उनले थपेका छन्।

सरकारी अनुमतिबिना अवरुद्ध वेबसाइटहरूमा पहुँचका लागि प्रयोग गरिने भीपीएन सफ्टवेयर प्रयोगलाई चीनमा अवैध मानिन्छ।

राज्यका सुरक्षाकर्मी र कूटनीतिज्ञहरूलाई भने पहिले ट्वीटरका नामले ख्याति कमाएको सामाजिक सञ्जाल एक्सजस्ता प्रतिबन्धित वेबसाइटहरूमा पहुँचका लागि ती सफ्टवेयरको प्रयोगलाई अनुमति दिइएको छ।

सम्मेलनलाई मध्यनजर राखी बेइजिङमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा अधिकारीहरूले कुकुरसहित हातमा रातो पट्टी बाँधेका वृद्ध स्वयंसेवकहरूसँग सडकमा गस्ती गरिरहेका र शंकास्पद व्यवहारको लागि पैदल यात्रीहरूको निगरानी गरिरहेका पाइन्छ।

चिनियाँ सामाजिक सञ्जाल वाइबोले पनि संवेदनशील विषयहरूलाई नियन्त्रण गर्न द्रूत रूपमा काम गरिरहेको छ।

चिनियाँ प्रधानमन्त्रीले सम्मेलनपछि परम्परागतरूपमा आयोजना गर्ने औपचारिक पत्रकार सम्मेलन रद्द गर्ने निर्णयबारे छलफल गर्ने सबै ह्यासट्यागहरू ‘खोजीको सूची’ बाट तुरुन्तै हटाइएको थियो। अर्को ‘मध्यम वर्गका बच्चाहरूको कुनै भविष्य छैन’ भन्ने चीनको आर्थिक सङ्कटको सन्दर्भ पनि हटाइएको थियो।

चीनको घरेलु सञ्चार राज्य नियन्त्रित छ र सामाजिक सञ्जालको व्यापक सेन्सरशिप अक्सर नकारात्मक कथाहरू वा आलोचनात्मक कभरेज दबाउन प्रयोग गरिन्छ।

नियामक निकायले यसअघि पनि लगानीकर्तालाई चीनबारे विदेशी समाचार नपढ्न आग्रह गरेका थिए।

गत वर्ष एक भाषणमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ कम्युनिस्ट पार्टीको इन्टरनेटमाथिको नियन्त्रण ‘मजबुत’ भएको र राज्यले राष्ट्रियताका सवालमा जोखिम सिर्जना गर्ने ‘साइबर स्पेसलाई नियन्त्रण गर्नु’ महत्वपूर्ण रहेको बताएका थिए।

  • सिन्ह्वा/रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com