ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२००८ मुम्बई हमला : भारत, इजरायल र अमेरिकाको सयुंक्त योजनामा भएको जर्मन लेखकको दाबी


admin

काठमाडौं, ६ फागुन । बी.बी.सी. हिन्दीले पाकिस्तानबाट निस्कने नवा–ए–वक्तको उल्लेख गर्दै एउटा सनसनीखेज समाचार लेखेको छ ।

पत्रिकामा जर्मनीका एक लेखकले ल्याएको नयाँ पुस्तकले मुम्बईमा २६ नोभेम्बर २००८ मा भएको हमला पाकिस्तानमा सक्रिय उग्रवादी संगठनले गरेको दाबीमाथि प्रश्न उठाइएको समाचार रहेको उल्लेख गरेको छ । समाचार अनुसार भारत आफैले इजरायल र अमेरिकाको सहयोगमा यो हमलालाई मुर्तरुप दिएको थियो ।

पत्रिकाको समाचार उल्लेख गर्दै अगाडी भनेको छ जर्मन लेखक एलिस डेविडसनले आफ्नो नयाँ किताब ‘विट्रेयल अफ इण्डिया– रिभिजिटिङ्ग दी २६र११ इभिडेन्स’ मा मुम्बई हमलाका सबै सबूत र प्रमाणको गहिरो अध्ययन गरेका छन् । उनको किताबमा दावी गरिएको छ कि नरीमन हाउसको मामलामा इजरायल र भारतले झुटो साक्षी तयार गरे ।

किताबमा मुम्बई हमलाबाट भारतका अतिरिक्त अमेरीका र इजरायलका व्यापारीले निक्कै फाइदा उठाएको प्रमाण रहेको उक्त समाचारमा उल्लेख छ ।

पाकिस्तान टुडेले पनि सो बारेमा समाचार लेख्दै भनेको छ सो किताबमा लेखकले २००८ को मुम्बई हमलाबारे केही अनौठो खुलासा गरेका छन् । जस्तो मुख्य योजनाकार भनिएका अजमल कसाब सो आक्रमणको २० दिन अघिनै पक्राउमा परेका थिए । हमलाका सहजकर्ताहरुले अमेरिकी नम्बर प्रयोग गरेको देखिएको थियो ।

पाकिस्तान टुडेको ठम्याईमा डेभिडसनले किताबमा गरेका खुलासाहरुले पाकिस्तान सरकारको अडानलाई सहयोग पु-याउँछ ।

प्रो. ग्रामे म्याकक्वीनले क्यानडास्थित ग्लोबल रिसर्च नामक खोज तथा मिडिया संस्थाका लागि सो पुस्तकको समिक्षा गरेका छन् ।

समिक्षामा म्याकक्वीनले किताबमा त्यो हमलापछि भएका केही कामकारवाहीको उल्लेख गरेका छन् जसले हमला षड्यन्त्र भएको लेखकको दाबीलाई बल दिन्छ ।

त्यसमध्य केही यहाँ उल्लेख गरिएको छ :

१। हमला जारी रहँदा भारतका प्रधानमन्त्रीले विना कुनै गम्भिर अनुसन्धान हमलाकारी पाकिस्तानको सहयोग प्राप्त आतङ्गवादी संगठनका सदस्य भएको भने । लेखकले यसतर्फ संकेत गर्दै यसले घटना हुनु पहिले नै घटनाको कथा तयार भएको बताउँछन् । र, मिडिया मार्फत यो कथालाई आम जनमानसमा रोप्ने काम गरियो ।

घटनाको तीन दिनअघि ताज होटलमा बसेका पूर्व अमेरीकी विदेशमन्त्री हेनरी किसिन्जरले घटना भएलगतै पाकिस्तानतर्फ संकेत गरेकोले पनि पूर्वतयार कथातर्फ संकेत हुने किताबमा जोड दिएको छ । घटनाको केही दिनअघि मात्र किसिन्जरको त्यस स्थानमा उपस्थितिले पनि हमला नियोजित हुनसक्ने तर्फ संकेत गरेको लेखकको दाबी छ ।

२। जिवित रहेका आरोपी आतङ्गवादीको अनुसन्धान गर्न खटिएका न पुलिस न न्यायाधीसले हमलाको क्रममा भएका घटनाहरुको ‘टाइमलाईन’ सार्वजनिक गरे । यहाँसम्म कि सबैभन्दा आधारभूत मानिने हमला शुरु भएको र अन्त्य भएको समय समेत सार्वजनिक गरिएन ।

३।आतङ्कवादीहरुले तिनको कारबाही कार्यन्वयन गरिरहँदाका साक्षी रहेका भनिएकाहरुको बयान लिन वेवास्ता गरियो ।

४। एक जना मरेका भनिएको पिडितलाई पुनर्जिवित गरियो जब उसको बयानले पाकिस्तानतर्फ संकेत गर्ने देखियो । एक अर्को पीडित दुई स्थानमा मरेको उल्लेख छ र तेस्रो त तीन ठाँउमा मरेको भनिएको छ ।

५।अपराधका साक्षीहरुले आतङ्कवादीको कपडा र छालाको रङ्ग साथै तिनको सङ्ख्याबारे दिएको धारणा फरक–फरक छन् ।

६। कम्तिमा एक जना साक्षीले आतङ्कवादीहरु र ‘मित्र’मा फरक छुट्याउन नसकेको स्वीकारेका छन् । यसमा थप अनुसन्धान अघि बढाइएन ।

७। आधिकारीहरुको खबरमा पनि हमलामा संलग्न आतङ्कवादीको सङ्ख्या तारन्तार फेरिरह्यो । हमलाको सकिएपछि जीवित रहेका आतङ्कवादीको सङ्ख्यामा पनि त्यस्तै फरक देखियो ।

८। अपराध स्थलमा आवश्यक सतर्कता अपनाएको पाएन र मृत शरिरहरु बिना जाचँबुझ उठाइयो ।

९। आतङ्कवादीहरु ए।के।४७ ले सुसज्जित थिए भनेर अधिकारीले भनेका थिए । फोरेन्सिक अध्ययनमा मृतकहरुको शरिरमा पाइएको गोलीमध्य एउटा पनि गोली ए.के.४७ को भनेर प्रमाणित भएन ।

१०। क्याफे लियोपार्ड, ताज महल प्यालेस होटेल , ओबरोए–ट्राइडेन्ट होटल र नरीमन हाउसमा भएको हमलाका प्रत्यक्षदर्शी भनेर अदालतले बोलाएका सयौं व्यक्तिमध्य एक जनाले पनि आरोपित आठजना आतङ्कवादीमध्ये कसैले पनि मान्छे मारेको नदेखेको बताए ।

यसका साथै पुस्तकमा सो समय राष्ट्रिय सुरक्षाको बाहनामा आम जनतालाई सूचनाको अधिकारबाट बन्चित गर्न अपनाइएका कार्यहरुको पनि उल्लेख छ । यसमा केही महत्वपूर्ण तल उल्लेख छन् ।
-आरोपित जीवित आतङ्कवादीमाथि कुनै सार्वजनिक मुद्दा चलाइएन

-तिनको गोप्य भनिएका सुनुवाईको कुनै लिखत बाहिर ल्याइएन

-आरोपितको पक्षबाट वकालत गर्न स्वीकार गर्ने एक वकिललाई अदालतबाट वर्खास्त गरियो भने अर्को एक जनाको हत्या भयो

-सर्वसाधरणलाई हमलाको समयको खिचिएको ठूलो परिणामको सी सी टी भी फूटेजहरु रहेको बताइएको थियो । तर त्यो दिन रहस्यात्मकरुपमा त्यहाँका धेरै सी सी टी भी काम गरिरहेका थिएनन् र पछि केही सार्वजनिक गरिएका सी सी टी भी फूटेजहरुमा समयको बाझिएको र सम्पादन गरिएझैं लाग्थ्यो ।

– आठ आतङ्कवादीलाई नियन्त्रण लिन गएका अनुमानित ४७५ देखि ८०० भारतीय कमाण्डोमध्य एक जनालाई पनि अदालतमा बयानको लागि बोलाइएन ।

– जुन आरोपीको स्वीकारोक्तीमा आधारित भएर न्यायाधिसले आफ्नो निणर्य सुनाएका थिए सो स्वीकारोक्ति गोप्य रुपमा लिइएको थियो जुन पछि उसले प्रहरीको दबाबमा दिएको भनेर सो अस्वीकार ग-यो । र त्यसको कुनै लिखत सार्बजनिक गरिएन ।

-आरोपीलाई मृत्युदण्डको सजाय सुनाएपछि तत्काल कार्यन्वयन गरियो भनियो । आरोपीलाई मृत्युदण्डदेखि उसको दाहसंस्कार सब गोप्य गरियो ।

यत्रो तयारी कसको फाइदाको लागि त रु लेखकले सो हमला लगतै भारतीय राष्ट्रिय सुरक्षा एजेन्सीहरुको कोषमा व्यापक वृद्धी भएको देखिएको उल्लेख गरेका छन् । त्यस घटना लगतै सेनाको खर्चमा २१५ ले बृद्धी गरिएको थियो र आगामी बर्ष यसमा बढाउँदै लाने भनियो । सो घटनापछि भारत सो समय विश्वव्यापीरुपमा आतङ्कवादसँग लडिरहेको भनिएको अमेरीकातर्फ ढल्किन थाल्यो । एफ.बी.आई.को यो घटनामा विशेष चासो रह्यो । किताबमा सो घटनापछिका आरोपी र साक्षीहरुको बयानमा एफ।बी।आई।लाई सहज पहंँच दिइएको उल्लेख छ ।

यसमा इजरायलको स्वार्थ कहाँ जोडिन्छ त रु आकारले सानो र विश्व भूराजनैतिक खेलमा तुलनात्मक पछाडी रहेपनि इजरायल भारतको सन्दर्भमा सबैभन्दा ठूलो सैन्य निर्यातक रहेको कुरा लेखकले पुस्तकमा स्मरण गराएका छन् । भारतमा सुरक्षा बजेटमा बृद्धी हुँदा त्यसको प्रत्यक्ष फाइदा इजरायलका हतियार निर्मातालाई हुने गर्छ ।

 

 

अनलाईबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

ट्रम्पलाई ब्राजिलको जवाफ: कुनै पनि करविरुद्ध लड्न तयार

जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्प प्रशासनको योजनामा सङ्घीय अदालतको रोक

प्रवासीलाई अपतटीय बनाउने घिनलाग्दो इतिहास

जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेशमा संघीय अदालतको रोक

जन्मका आधारमा नागरिकता विवाद : ट्रम्प प्रशासनलाई अदालतले फेरि रोक्यो

गत वर्ष ट्रम्पमाथि गोली प्रहार भएको घटनामा सेक्रेट सर्भिसका छ जना १० देखि ४२ दिनसम्म निलम्बित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com