काठमाडौं २१ फागुन । १४ महिनाअघि देउवाले प्रधानमन्त्रीको दावी नछाड्दा प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बनेका थिए २०७९ पुस १० गते । त्यतिबेला देउवाले दक्षिण छिमेकीको आडमा प्रधानमन्त्रीको दाबी नछाडेको भनेर व्याख्या गर्ने कांग्रेस नेताहरू यसपटक उत्तरी छिमेकीले कम्युनिस्ट पार्टीहरूलाई मिलाएको बताइरहेका छन् ।
१४ महिनाको बीचमा प्रधानमन्त्री प्रचण्डलाई एमालेको कित्तामा पुर्याउने काम धेरै हदमा कांग्रेसकै भूमिकाले काम गरेको हो । ‘एमालेसँग सरकार सञ्चालन गर्न असहज महसुस गरेरै प्रचण्डले त्यहाँबाट डिपार्चर गरेको बताउने गर्दथे । तर एकाएक फेरि वाम गठबन्धन बनेको छ फागुन २१ गते । विहान गठबन्धनको औपचारिक निर्णय गरेका ’कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठन बनेपछि पुनगर्ठित मन्त्रिपरिषद्मा ३ जना बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्विट गर्दै लेखेका छन् ‘नेपाली ‘किस्सा कुर्सीका’ ळे केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो१ केही चतुरेहरूको निकृष्ट सत्तालिप्सानिम्ति पटकपटक मन्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयॉ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्नेभयो।
केही निरीह सांसदको पोको बोकेर एउटासंग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसंग घॉटी जोड्दा ‘ वामपन्थीरकम्युनिष्ट एकतानिम्ति’भन्ने १ यस्तो नांगो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसंग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने, विचरा सोझा कार्यकर्ता किंकर्तव्य विमुढ बनेर मनलागीनलागी ताली ठोक्ने ? यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयॉ संस्करण नभए के हो?
अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यान्यता बॉकीरहेकाहरूले भन्नैपर्छ (अब अति भो ? Enough is Enough !
मुख्य टर्निङ प्वाइन्ट भने आइतबार प्रतिनिधिसभाको कानून समितिमा देखिएको परिदृष्य बनेको हो। तर बैठकमा उपस्थित कानूनमन्त्री धनराज गुरुङले समितिबाट आइतबार निर्णय नगर्ने भन्दै त्यसका लागि सरकारलाई थप समय दिन माग गरे। गुरुंगले भनेका थिए, “आज निर्णय हुँदैन। प्रधानमन्त्रीसँग सल्लाह गरेपछि मात्र अर्को बैठकबाट निर्णय हुन्छ, सरकारलाई समय दिइयोस्।” तिनै गुरुंगले सोमबार ट्विट गर्दै आनन्द मानेका छन् – नमस्कार, जय नेपाल।
आजबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु। मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु। त्यसैले आजै ४:३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु।’
सबैलाई धन्यवाद।तर यो देउवा निर्देशित धारणा थियो । जसको पूर्वानुमान पहिले नै कांग्रेसलाई थियो । विगतदेखि नै टिआरसी कांग्रेसले माने एमालेले नमान्ने र एमालेले माने कांग्रेसले नमान्ने हुंदै आएको सत्ता समीकरणको ट्रम्म कार्ड जस्तो बन्दै आएको छ ।
पत्रकार संजीव सतगैयांले व्यंग्य गर्दै लेखेका छन् – “रमाइलो पक्ष के हो भने कांग्रेस र नेकपा ९एस० सत्तापक्ष यस कारण मात्र थिए किनभने उनीहरू सरकारमा सहभागी थिए। आखिर उनीहरूले “समर्थनू दिएर बनेको सरकार त थिएनरहैन, उनीहरूले त “विश्वासको मत” दिएका थिए। सरल भाषामा भन्दा प्रचण्डले ती मंत्रीहरू लाई निकालि दिएका मात्रै हुन्।”
पत्रकार नारायण वाग्ले पनि त्यसैगरी व्यंग्य गर्छन् –” हिजो बसमा एक यात्रुले सोधे, के छ हट् न्युज <
हाम्रोतिर पानी पर्लाजस्तो भयो, परेन।
“के हुँदै छ देशमारु तपाईंहरूलाई त थाहा हुन्छ नि भनेर सोधेको,”
“खडेरीसँग बच्ने उपाय सिक्नुपर्ने छ,” मैले भनेँ।
राजनीतिक समाचारका ती उपाभोक्ताले काठमाडौं आउनेबित्तिकै जवाफ पाए, मैले पाएको छैन
पूर्व सचिव मधुरमण आचार्यले देउवालाई व्यंग्य गर्दै ट्विट गरेका छन् –ज्योतिषको पो बिग्रिने भो१ भविष्य!!
लेखक जैनेन्द्र जीवनले पत्रकार अनिल गिरिको ट्विटमाथि रिट्विट गर्दै तितो पोख्छन् –”नेपालमा राजनीतिक अस्थिरता ल्याउनै परे दिल्लीको सत्ताले क्यै गर्नै पर्दैनसअशोक मेहता जस्ता अवकाशप्राप्त जर्नेल वा नेपालका लागि पूर्ब राजदुत वा कुनै मिडियाम्यान रओपेड राइटरले आफ्नो कल्पनामा आएको कुरा लेखिबोलिदिए पुग्छ।यहाँ गर्नपर्ने उथलपुथलको काम यहीँका नेतादेखि भीडसम्मले आफैं गर्छनु अनिल गिरिले लेखेका थिए –अरु त अरु देउबाले पनि अशोक मेहताको लेख पढेर ढुक्क भए जस्तो छ हैन भने यो दुर्दिन आउने थिएन क्या १ केहि नेपाली मिडियाका सम्पादकहरुको त चड्डी नै उत्र्यो अशोक मेहताको लेखलाई बिस्वास गरेर दगुराउदा र उल्था गरेर छाप्दा “✌️
वाम गठबन्धन बनेपछि सांसद तथा माजुदा गठबन्धनको उछितो काढ्दै आएका तथा रास्वपा सभापति रवि लामिछानेका अभिन्न मित्र प्रदीप पौडेलले लेखेका छन्ः फेरिएको गठबन्धनले राजनीतिमा अस्थिरताको अर्को शृंखला थपेको छस जसको नेतृत्व स्वयं प्रधानमन्त्रीले गरे। हामीले खोजेको राजनीतिक स्थिरता अझै धकेलिएको नेतृत्वकर्ताको व्यवहारले छर्लङ्ग पारेको छ। यहाँ कुनै व्यक्ति, पात्र वा पार्टी, कसले के पाए वा गुमाएभन्दा यक्ष प्रश्न हो, देशले के पायो ?
पौडेले प्रश्नको उत्तरु सिधा छ, यस्तो फर्जाइल संसद भएका बेला पाउने नयां नयां अनुहार मन्त्री देशले देख्न पायो । हिले पुरानै टेप र्याईं र्याईंका ठाउंमा नयां रेडियो गुनगुनाउने न हो ।
कांग्रेसी बुद्धिजीवी गेजा शर्मा वाग्ले लेख्छन्ः
“नयाँ गठबन्धन मात्रै होइन, कम्युनिस्ट पार्टीबीच पुनः एकता होस्, शुभकामना, त्यसपछि ३ शक्तिबीच ध्रुवीकरण हुनेछ( लोकतन्त्रवादी, कम्युनिस्ट र कन्जर्भेटिभ
यो ध्रुवीकरणले अहिलेका धेरै विकृति– विसंगतिको अन्त्य गर्नेछ, गठबन्धनको नाममा प्रचण्डको एम्बुसबाट कांग्रेसले बेलैमा मुक्ति पायो ।”
हिमाल खबरपत्रिकामा लेख्ने रमेश कुमारले त जसका कारणले पुरानो गठबन्धनले हावा खायो, उनै उत्तम मन्त्री भएको समेत लेख्न भ्याएर पक्षधरता स्पष्ट गरेको देखियो । “राम्रो नराम्रो वा त्यसको डिग्री कति भन्ने विषयगत कुरा भयो ।
तैपनि, डा. महत अघिल्ला अर्थमन्त्रीहरुका तुलनामा कम विवादित थिए, फुक्काफाल पैसा बाँड्न धेरै हदसम्म मुठ्ठी कसेकै जस्तो लाग्छ ।”
तर देउवा प्रम भएका बेलाका सल्लहाकार अरुण सुवेदी लेख्छन्– “अर्थमन्त्रीजीको बहिर्गमन शेयर बजारले उद्भट गरेर मनायो त । टिप्पणीकार तथा पूर्व जसपा नेता डम्वर खतिवडाले यस्तो लेखेका छन् –अब पल्टुरामहरुले भन्ने छन( गतिशील नेतृत्व, नटबरलालहरुले भन्ने छन(बा अगेन, फेकुलालहरुले भन्ने छन ( राजनीति यही त हो, बाका छोराछोरीहरुले भन्ने छन(हमारा बा महान। देश र जनताले भन्ने छन्(चोर, छट्टु र ठगहरुको कुनै जात, पार्टी,गठबन्धन र विचार हुँदैन (एउटै दाउ हुन्छ–मिल, लुट र खाउ।”
टिप्पणीकार केदार शर्माको कल्पनाशीलता रोचक छ । “अब टोपबहादुर रायमाझी कहिले र कसरी छुट्छन् ? (२०८० फागुन २१ अपराह्न २ः३७ को प्रश्न)”
एमाले नेता गोकुल वास्कोटाले अघिल्लो दिन एमाले सहितको गबन्धन नहुने निराशा देखेका थिए । –’नेपालमा अनुमान गर्नै नसकिने तर मान्छेले अनुमान र चर्चा गरीरहने विषय मौसम र राजनीती हुन।तर ती अनुमान प्राय जसो मिल्दैनन।किन भने ती दुबैको चक्रीय प्रणाली नेपालमा निर्माण नहुने भएर रहेछ।हिजो थोपो पानी परेन, ब्यर्थै छाता बोके।मान्छे टेलर्स जाऊॅं न १ भन्छन। तर गठें ढोक्सामा पर्ने देखेन ‘
कनकमणि दिक्षितले भारतको चिन्ता र व्यंग्य गर्दै लेखेका छन्ः सत्ता गठबन्धन परिवर्तन दौडधुप चलिरहँदा यस अघिको मियो नया दिल्ली वाल्ल परेर बसेको होला कि पर्ख(र(हेर मा होला कि, भित्रै छिरिसक्यो ?
प्रतिक्रिया दिनुहोस्