काठमाडौं, २१ फागुन । नेकपा एमालेसहित बन्ने नयाँ गठबन्धनको सरकारमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी हुने भएका छन्। जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले सो जानकारी दिएका हुन्।उनका अनुसार सो विषयमा छलफलका लागि अहिले जसपाको कार्यकारिणी बैठक बसिरहेको छ। ‘जसपाको तीन मन्त्रालयमा दाबी छ‘, यादवले भने, ‘अध्यक्ष उपेन्द्र यादवज्यू आफैँ सरकारमा जानुहुन्छ।’छलफल जारी रहेकाले कुन कुन मन्त्रालय भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्