काठमाडौं, २० फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका अध्यक्ष ओली साँझ फेरि बालुवाटार पुगेका हुन् ।
अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत लिएर बालुवाटार पुगेका छन् ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन अगावै सत्तासमीकरणमा समेत फेरबदल हुन लागेको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।
माओवादी र कांग्रगेसबीच राष्ट्रियसभा अध्यक्षमा अआफ्नो दाबी रहँदा गठबन्धनमै दरार देखिन थालेको अवस्थामा ओली र प्रचण्डबीच भैरहेको तारन्तारको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसैबीच आजै रास्वपा सभापति रवि लामिछानेले पनि आजै साँझ प्रधानमन्त्रीसँग भेट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्