काठमाडौ १९ फागुन । आज पनि सरकार र मिटरब्याज पीडितबिच वार्ता हुने भएको छ । यसअघि शुक्रबार भएको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने र वार्ताबाट निष्कर्ष निस्कने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताए । सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दियता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्