काठमाडौं १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति ऐन संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले सरकारले प्रत्येक मन्त्रालयसम्बद्ध राष्ट्रिय गौरवका आयोजनाहरु लगायत विकास निर्माण र सेवा प्रवाहका विषयहरुमा तत्काल सुधार गरी आमजनतामा सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए ।
संघीय निजामति ऐन संसद्मा प्रस्तुत गर्ने तयारीमा छौँ प्रधानमन्त्री दाहाल
‘हामी यो बैठकपछि नै संघीय निजामति ऐनलाई पनि अन्तिम रुप दिएर सदनमा लैजाने तयारीमा छौँ । सरकारले प्रत्येक मन्त्रालय सम्बद्ध राष्ट्रिय गौरवका आयोजनाहरु लगायत विकास निर्माण र सेवा प्रवाहका विषयहरुमा तत्काल सुधार गरी आमजनतामा सकारात्मक सन्देश प्रवाह गर्ने सन्दर्भमा मैले दिएको निर्देशनको कार्यान्वयनमा तत्परता देखाउन पनि विशेष आग्रह गर्दछु, प्रधानमन्त्री दाहालले भने ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बद्ध सचिवहरुले सोको कार्यप्रगति अनुगमन गरी प्रतिवेदन बुझाउन निर्देशन दिए । उनले मन्त्रिपरिषद् कार्यालयका सचिवको अध्यक्षतामा रहेको आयोजना सहजीकरण समितिमार्फत् राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा देखिएको समस्या समाधान गर्न समेत आवश्यकता रहेको बताए ।
राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा देखिएको समस्या समाधान गर्न पनि पहल गर्न जरुरी छ । चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरु रुपान्तरणकारी तथा प्राथमिकता प्राप्त आयोजनाहरुको प्रभावकारी रुपमा अनुगमन गरी आयोजनालाई समयमा नै सम्पन्न गर्ने व्यवस्था मिलाउन जरुरी छ, उनले भने ।
प्रतिक्रिया दिनुहोस्