ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेम सुवाल- मुखैमा आइसकेको माधव नेपालको प्रधानमन्त्री पद उम्किने खतरा छ


एबीसी न्यूज

काठमाडौं १० फागुन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्न नसक्ने बताएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक २०८० माथि विरोधको सूचना दिन संसद्को रोष्टमबाट उनले यसअघि दलहरूले राखेको ३ प्रतिशतको थ्रेसहोल्डकै कारण नेपाल प्रधानमन्त्री बन्न नसक्ने बताएका हुन्।

सुवालले भने, ‘सांसद माधव नेपाल ३ प्रतिशत प्रावधानको पक्षमा हुनुहुन्थ्योरु अहिले १० सांसद भएपनि ३ प्रतिशत नपुग्दा उहाँको दलले राष्ट्रिय दलको मान्यता पाएन। त्यहीकारण आउन लागेको प्रधानमन्त्री पद जाने भयो, खुस्किने भयो भन्ने चर्चा छ।’

सुवाल नेतृत्वको मजदुर किसान पार्टी थ्रेसहोल्ड राख्न नहुने पक्षमा उभिएको छ। नेपालको निर्वाचन प्रणालीअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको र समानुपातिकतर्फ कूल खसेको सदर मतको ३ प्रतिशत मत नल्याउनेले राष्ट्रिय दलको मान्यता नपाउने व्यवस्था छ।

एकीकृत समाजवादीले २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा १० स्थान प्रत्यक्षबाट जितेको छ।  तर, समानुपातिकमा ३ प्रतिशत मत नल्याएपछि राष्ट्रिय पार्टी बन्न सकेको छैन।

सत्ता गठबन्धनमा भएको भनिएको भद्र सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्डपछि अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने चर्चा छ।

तर, प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले राष्ट्रिय दलको मान्यता नपाएको पार्टीले सरकारको नेतृत्व गर्न नपाउने दाबी गरिरहेका बेला सांसद सुवालको यो भनाइ आएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com