काठमाडौ १० फागुन । अछामको साफेबगर नगरपालिका(१ मा रहेको वैद्यनाथ धाममा १४४ वर्षपछि सुरु हुन लागेको कोटिहोमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् बिहीबारदेखि अछामको वैद्यनाथ धाममा कोटिहोम लाग्ने भएको छ ।
अगामी २५ फागुनसम्म चल्ने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत वैद्यनाथ धाम पुग्ने मूल आयोजक सिमितिले जनाएको छ ।पौडेलले बिहान ११ बजे कोटिहोम महाकुम्भको विधिवत् रूपले उद्घाटन गर्ने कार्यतालिका छ ।वैद्यनाथ नेपालका चार धाम मध्येको एक धाम मानिन्छ । यो पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्