ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन गाउँपालिका पूर्ण खोप घोषित


admin
असार १३, २०७४ मंगलबार  ११ : ५३ बजे

रसुवा, १३ असार । बढी जनघनत्व रहेको दक्षिणी रसुवास्थित तीन गाउँपालिका पूर्ण खोप क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीका अनुसार उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा जन्मिएका, शिशुदेखि एक वर्षभित्रका बालबालिकालाई दिइनुपर्ने बिसिजी, डिपिटी, पोलियो, दादुरा र रुबेलाजस्ता खोप पूरा भएकाले खोपमुक्त घोषणा गरिएको हो । घोषित क्षेत्रमा डाँडागाउँ, ठूलोगाउँ, राम्चे, धैबुङ, भोर्ले, सरमथली र यार्सा जस्ता गाउँ पर्छन् । खोपको जागरण ल्याउन गाउँ गाउँका स्वास्थ्य संस्था र महिला स्वयंसेविका क्रियाशील रहेको बताइएको छ ।

जिल्लाका पाँच गाउँपालिकामा एक वर्षमुनिका ८८० बालबालिकाले खोप लगाइरहेको र कालिका, उत्तरगया एवम् नौकुण्ड गाउँपालिकाका बालबालिकाको नयाँ तथ्याङ्क भने अद्यावधिक गर्न बाँकी रहेको तिवारीले बताउनुभयो । यसैबीच वर्षायाममा बगेर आउने पानी दूषित हुने भएकाले पानीलाई उमालेर मात्र खान खुवाउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com