काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको संख्या घटाएको छ । अब १ सय ९९ सदस्यीय बनाउने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १ सय ९९ केन्द्रीय समिति बनाउने र ती सबैको प्रत्यक्ष निर्वाचन गरिने बताएका हुन् ।
काठमाडौंमा जारी विधान अधिवेशनमा प्रतिनिधिहरूले पठाएको सुझावको जवाफ दिँदै पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन नहुने जानकारी गराएका छन् ।
उपाध्यक्ष पम्फा भूसालको नेतृत्वमा बनेको विधान मस्यौदा समितिले १५१ सदस्यीय केन्द्रीय समिति बनाउन सिफारिस गरेको थियो। केन्द्रीय सदस्यको एक तिहाइ स्थायी कमिटी र ११ जनाको केन्द्रीय कार्यालय बनाउने जानकारी पनि प्रचण्डले बैठकलाई गराएका छन्।
उक्त कार्यालय टिम पदाधिकारी सरह हुने भनिएपछि अरू पदाधिकारी रहने या नरहने भन्नेबारे प्रचण्डले खुलाएनन्।
प्रतिक्रिया दिनुहोस्