काठमाडौ २८ माघ । नेपाली कांग्रेसको आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमिति बैठकको यातायात व्यवस्थापन उपसमितिमा सात सदस्य थप गरिएको छ ।
महासमिति बैठकमा जान आउनका लागि आवश्यक पर्ने यातायात सुविधालाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि पार्टी केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा रहेको उपसमितिमा आज सातजना सदस्य थप गरिएको हो ।
उपसमितिमा योगेन्द्रनाथ कर्माचार्य काभ्रेपलाञ्चोक०, केदारनाथ पौडेल बर्दिया०, शरद अधिकारी धादिङ०, सानुकाजी प्रजापति काठमाडौँ, सुवन गिरी नुवाकोट, धर्म भण्डारी झापा० र महेश्वर थापा ललितपुर० लाई थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्