ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगीको आरोपमा क्याम्पसका सहप्राध्यापक पक्राउ


abc tv

पोखरा । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको अभियोगमा प्रहरीले पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई पक्राउ गरेको छ ।

सहकारी ठगी अभियोग लागेपछि फरार रहेका भण्डारीलाई प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित डेराबाट सोमबार राती पक्राउ गरेको हो ।

भण्डारीलाई मंगलबार जिल्ला अदालत कास्कीमा हाजिर गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।

उनले सहकारीबाट १ करोड ५१ लाख रुपैयाँ बढी कारोबार गरेको, राष्ट्र बैंकले दिएको सिमा नाघेर एकै दिन अत्याधिक कारोबार गरेको, सहकारीलाई चर्को ब्याजमा ऋण दिने गरेकोलगायत आरोप छ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले दिएको बयानमा सहकारीको रकम अपचलन गर्न भण्डारीले सहयोगी भूमिका खेलेको आरोप लगाएका थिए।

मित्र मिलन सहकारीमा बचत जम्मा गरेका ३ हजार ४ सय ४६ जना बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार रुपैयाँ अपचलन गरेको पोखरा महानगरको छानबिन प्रतिवेदनमा उल्लेख छ।

सहकारी ठगी आरोपमा जिल्ला अदालत कास्कीले ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि हालसम्म भण्डारीसहित ८ जना पक्राउ परेका छन्। बाँकी फरार छन्।

मित्रमिलन सहकारीको स्याङ्जामा सेवा केन्द्र स्थापना गर्दा १ करोड ५ लाख रुपैयाँ घुस लिएको भन्दै तत्कालीन सहकारी रजिष्टार एवं कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उदयबहादुर बहादुर पराजुली, सहकारीका अध्यक्ष पौडेल, प्रमुख कार्यकारी अधिकृत अधिकारीलगायत पूर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com