ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौधरीलाई दोस्रोपटक म्याद थप


ABC News

 

whatsapp sharing button
sharethis sharing button

काठमाडौं । पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बासवारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी रुपमा आफ्नो नाममा पारेको आरोपमा पक्राउ गरेको थियो । उनकै निवास लैनचोरबाट माघ १८ गते पक्राउ गरेको थियो । सीआईबीले उनलाई चार दिनदेखि थुनामा राखी बयान लिइरहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रतिनिधिकै रहोबरमा सीआईबीले बयान जारी राखेको हो । सीआईबीले उनलाई थुनामा राखेर बयान लिन पहिलो पटक जिल्ला अदालतबाट चार दिनको अनुमति पाएको थियो ।

उक्त अनुमति आज सकिएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले उनको बयान जारी रहेको बताए ।  “हामी अनुसन्धानकै क्रममा छौँ । बयान सकिएको छैन । भोलि थप म्यादका लागि प्रक्रिया बढाउँछौ । बयानकै विषयमा भने धेरै बोल्न मिल्दैन,” उनले भने ।सीआईबीका एसएसपी आर्चायले चौधरीले जग्गा फिर्ता गरे पनि अन्य कानुनी प्रक्रिया अघि बढ्ने बताए ।

प्रहरीमाथि मुद्दा चाँडो बुझाउन चौतर्फी दबाब छ । सीआईबीले उनीहरूमाथि कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान जारी राखेको छ ।

सीआईबीले अरुणसहित तत्कालीन बासवारी जुत्ता कारखानाका सञ्चालक समितिका कार्यकारी अध्यक्ष ८० वर्षीय अजितनारायणसिंह थापा र सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक महोत्तरीका सन्जय ठाकुरलाई समेत पक्राउ गरेको थियो । उनीहरू तीनैजना नै सुविधायुक्त ग्रान्डी अपस्तालमा छन् ।

सीआईबी स्रोतका अनुसार, अरुणले आफूले गैरकानुनी रुपमा सरकारी जग्गा हत्याउने प्रक्रिया नगरेको र यदि गलत तरिकाले आफ्नो नाममा जग्गा आएको देखिए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका छन् ।

सीआईबीको अनुसन्धानका क्रममा भने तत्कालीन बासबारी जुत्ता कारखानाको १८ रोपनी ३ आना २ दाम जग्गामध्ये १० रोपनी जग्गा अरुण चौधरी सञ्चालक च्याम्पियन फुटवयरको लिमिटेडको नाममा गएको थियो ।  पछि त्यसलाई प्राइभेट लिमिटेड बनाउँदै आफ्नो नाममा राखेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com