काठमाडौँ २० माघ । आगामी सोमबारदेखि हिउँदे अधिवेशन सुरु हुँदैछ ।ससोही दिन विहान नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिए । उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ ।
‘संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा दलको बैठक बस्न लागेको हो’ नेता घर्तीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्