ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजश्व अनुसन्धान विभागका प्रमुखसँग ६१ किलो सुनबारे उच्चस्तरीय समितिको छलफल


एबीसी न्यूज

काठमाडौं १७ माघ । सुन तस्करीबारे छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समितिले ६१ किलो सुन प्रकरणबारे राजश्व अनुसन्धान विभागका अधिकारीहरुसँग छलफल गरेको छ ।

सिंहदरबारस्थित आयोगको कार्यालयमा बोलाएर विभागका प्रमुख नवराज ढुंगानासहितका अधिकारीहरुसँग सुन प्रकरणबारे सोधपुछ गरेको समितिका एक अधिकारीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन २ साउनमा विभागले बरामद भएको थियो ।

१९ दिनसम्म विभागले अनुसन्धान गरेपछि यसमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानका लागि फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी लाई बुझाइएको थियो । ‘घटनाको सुरुवाती अनुसन्धान विभागले गरेकाले त्यसबारे केही विषयहरु बुझ्न उहाँहरुलाई बोलाएका थियौं’, समितिमा एक सदस्यले भने ।

समितिले सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपी दुर्गा दाहालसँग पनि सोधपुछ गरेको समितिले जनाएको छ ।

समितिले चुडामणि उप्रेती गोरे मुछिएको ३३ किलो सुन प्रकरणदेखि विद्युतीय सिगरेट भेप मा लुकाएर भएको सुन तस्करीसहितका घटनाहरुलाई जोडेर छानबिन गरिरहेको छ ।

गृह मातहतको निकायमार्फत अनुसन्धान अघि बढाउँदा राजनीतिक नेक्सस नखुलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आरोप लगाइरहेका बेला सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो ।

तीन महिनाको अवधिमा काम नसकिएपछि समितिको म्याद पुनः थप भएको छ । यो अवधिमा समितिले आफ्नो कामलाई निष्कर्षतिर लगिरहेको छ । त्यसक्रममा विभिन्न निकायका पदाधिकारीसँग समितिले सोधपुछ गरिरहेको समितिका एक सदस्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com