ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश फिर्ता लिन कोसीमा एमालेको माग


एबीसी न्यूज

काठमाडौं १५ माघ । नेकपा एमाले कोसी प्रदेश संसदीय दलले प्रदेश सरकारले एकैपटक सात वटा ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन माग गरेको छ ।

एमाले दलको कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यादेश फिर्ता लिन माग गरेको हो । सरकारले सात वटा ऐन संशोधन गर्न अध्यादेश जारी गरेको छ ।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले प्रदेशसभाका पदाधिकारीलाइ सवारी साधन थप्ने गरी अध्यादेश ल्याएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

उनले भने, “यसले गर्दा सबै दलका नेताहरूले सवारी साधन दिँदा वार्षिक २० लाख खर्च बढ्नेछ । आफू मुख्यमन्त्री रहीरहन चोर बाटोबाट सुविधा थपेको हो ।”

अस्पताल विकास समितिको अध्यक्ष जिल्ला समन्वय समिति नरहने गरी सरकारले आफँ नियुक्त गर्न सक्ने गरी स्वास्थ्य ऐन संशोधन गरिएको भण्डारीले बताए ।

लगानी प्राधिकरणका सीईओलाई निरन्तरता दिन स्वेच्छाचारी ढंगले सरकार अघि बढेको भण्डारीले बताए । “अध्यादेश फिर्ता नलिए केही अप्रिय कदम चाल्न बाध्य हुनेछौँ,” उनले भने ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि विशेष अधिवेशन बोलाउने वा सदन अवरुद्ध गर्नेसम्मको निर्णय लिने एमालले तयारी गरेको बताइएको छ ।

“आउने सभा सुरु गर्नुभन्दा अगाडि फिर्ता लिनुपर्छ । सभामा छलफल भएर के आवश्यकता हो भन्ने प्रस्ट भएर गर्नुपर्छ । वैधानिक र पारदर्शी ढंगले सुविधा दिनुपर्छ,” प्रमुख सचेतक भण्डारीले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com